रुकुम(पूर्व) मा धाउने–बालुवा–देउखोला सडकखण्ड पिच हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड पिच हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम सडकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडडकमा पिच हुने भएको हो ।

यस खण्डमा लामा कन्स्ट्रक्सन कम्पनी प्राली महारजगन्ज काठमाडौंले कामको जिम्मा ल्याएको छ । उसले २९ करोड ६७ लाख ६ हजार ३ सय ९७ रुपैयाँ ३० पैसामा ठेक्का लिएको हो । २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक पिचको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६ भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगंगा गाउँपालिकाको १४ नम्बर वडा पर्छ । यस ठाउँमा दशै तिहार लगत्तै काम सुरु भएको हो ।

अहिले बाटो चख्ल्याउने, वाल, पर्खाल लगाउने,नाली बनाउने, ग्राभेल गर्ने लगाएतका कामहरु भइरहेको लामा कन्स्ट्रक्सन कम्पनी प्रालीका सब कन्ट्रयाक्टर पासाङ शेर्पाले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधि भन्दा अघि नै सडक पिच सक्ने गरी काम चलिरहेको प्रालीका सव कन्ट्याक्टर शेर्पाले बताउनुभएको छ ।