नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) को बैठक खाबाङमा सम्पन्न भएको छ । पहिलेको जिल्ला समिति जिल्ला समन्वय समितिमा परिणत भएपछि बुधबार भूमे गाउँपालिकाको खाबाङमा बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले पुनीराज घर्तीलाई जिल्ला समन्वय समितिको सचिव बनाउने निर्णय गरेको छ ।

यस्तै जिल्ला समन्वय समितिमा ९ जनालाई मनोनीत गरिएको छ । सुरुल पुन, प्रवेश पुन, वासुदेव गौतम, दिपेन्द्र छन्त्याल, जीवन केसी, धुव्रविक्रम ओली, कालीप्रसाद रोका, दुर्गा गौतम र तारक पुनलाई जिल्ला समनवय समितिमा मनोनयन गरिएको हो । यस्तै केन्द्रिय सदस्यहरुसहितको उम्मेदवार मापदण्ड, विधि र छनोट समिति निर्माण गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।

बैठकले पार्टीको तीन वटै गाउँपालिकामा जनवर्गिय संगठन र मोर्चाको फ्याक्सन इन्चार्ज तोकेका छ भने निर्वाचन केन्द्रित विभागहरु गठन गरिएको छ । विद्यार्थीको फ्याक्सन इन्चार्जमा जिवन केसी, सहइन्चार्जमा रुपेन्द्र मल्ल र कल्यान पुन, महिलाको मनकुमारी बुढा विष्टलाई इन्चार्ज र भिमकुमारी पुन तथा ओमकुमारी मल्ल शाहीलाई सहइन्चार्ज तोकिएको छ । शिक्षक संगठनको इन्चार्ज दुर्गा गौतमलाई, कर्मचारीको इन्चार्ज गजेन्न्द्रबहादुर ओली, सहइन्चार्ज धुव्रबिक्रम ओलीलाई तोकिएको छ ।

दलित संगठनको इन्चार्जमा जिताराम कामी, सहइन्चार्जमा हर्कबिर कामी, थलबिर सार्की, धनबहादुर कामी, गैरसरकारी तथा सामाजिक संघसंस्थाको इन्चार्जमा कुमारी बराल, सहइन्चार्जमा तारक पुनलाई तोकिएको छ भने उद्योग बाणीज्य व्यापार संगठनको इन्चार्ज तीर्था पुनलाई तोकिएको छ । बुद्धिजिवी संगठनको इन्चार्ज वासुदेव गौतमलाई र सहइन्चार्ज टेकबहादुर बुढालाई तोकिएको छ । बैठकले पूर्व जनमुक्ति सेना, सैनिक, घाइते, अपाङ्गको इन्चार्ज सुरुल पुन, यातायात तथा मजदुरको इन्चार्ज महेन्द्र बुढा, किसान संगठनको इन्चार्ज कालीप्रसाद रोका, आदीवासी जनजाती तथा मगर संगठनको इन्चार्ज प्रवेश पुन, जन सांस्कृतीक संघको इन्चार्ज सामेल पुन, सस्रेस सेन्टरको इन्चार्जम ागनेश ओली र सहिद परिवार, बेपत्ता परिवार समाज संगठनको इन्चार्जमा भद्री थापा तथा सहइन्चार्जमा सन्दिप पुनलाई तोकिएको छ ।

यस्तै निर्वाचन लक्षित भेला, प्रशिक्षण, अन्तरक्रियाहरु गर्ने निर्णय जिल्ला समन्वय समिति रुकुम(पूर्व) को बैठकले गरेको छ । जिल्ला समन्वय समिति रुकुम(पूर्व) का संयोजक होमप्रकाश श्रेष्ठको अध्यक्षतमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाको प्रमुख आतीथ्यता रहेको थियो । केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओली, केन्द्रिय सदस्य दलजित शेर्पाली, जुनकुमारी रोका, प्रस्तावित बैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगरको विशेष आतीथ्यता रहेको थियो ।

यस्तै बैठकमा प्रदेश सल्लाहकार र ज्येष्ठ कम्यूनिष्ट मञ्चका सदस्यहरुको उपस्थिती रहेको थियो ।