मारिङ लेक, यो क्षत्रे रुकुम(पूर्व) को भूमे गाउँपालिका २ र ७ नम्बर वडामा पर्छ । समुन्द्र सतहदेखि झण्डै २ हजार ६ सय ४० मिटर उचाईमा रहेको यो लेक पहिले एउटा खाली डाँडोको रुपमा थियो । स्थानीय सरकार आएपछि भने यस डाँडालाई कृािष् अनुसन्धान केन्द्रको रुपमा विकास गरिदै लगिएको छ ।

default

विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने रमणिय मारिङ लेक अब सुन्दर भएको छ । यस ठाउँलाई कृषि अनुसन्धान केन्द्रको साथसाथै पर्यटकिय क्षेत्रको रुपमा पनि भूमे गाउँपालिकाले विकास गर्दै लगेको छ ।

default

२०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । २०७५ सालदेखि मारिङमा काम अघि बढाइएको थियो । अहिले यहाँ विभिन्न संरचना पनि निर्माण भएका छन् । मारिङमा करिब १५ हेक्टर जग्गा छ । यस ठाउँमा रैथाने बालीको अनुसन्धान र परीक्षण पनि भइरहेको छ ।

default

फोटोः हेमन्त राई