रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले पाँच वर्षको अवधिमा एक सय पाँच किलोमिटरमा ट्रयाक ओपन गरेको छ । गाउँपालिकाले स्थानीय तहको चुनाव २०७४ सालपछि गाउँपालिकाको विभिन्न क्षेत्रलाई सडक संजालमा जोड्ने क्रममा एक सय पाँच दशमलव ५० किलोमिटरमा ट्रयाक ओपन गरेको हो ।

गाउँपालिका अध्यक्ष कुमारी बरालले सिस्ने गाउँपालिका भरीमा १ नम्बर वडा बाहेक अन्य वडाका सबै मुख्य बस्तिमा सडक पुगेको बताउनुभयो । १ नम्बबर वडा भने अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेको छैन् । भौगोलिक हिसावले विकट र १ नम्बर वडालाई पालिकाको सानो बजेटले सडकमा जोड्न सम्भव नभएकाले १ नम्बर वडालाई भने पाँच वर्षे कार्यकालमा सडक संजालमा जोड्न नसकेको अध्यक्ष बरालले बताउनुभयो ।

दुई नम्बर वडा पनि भौगोलिक अवस्थाले विकट नै छ । त्यहाँ भने अहिले पनि ब्लास्टिङ गरेर सडक निर्माणको काम भइरहेको छ । अन्य वडाका मुख्य बस्तिहरु भने चुनावी एजेण्डाअनुसार सडक संजालको पहुँचमा जोडिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष बरालका अनुसार पाँच वर्षे कार्यकालमा गाउँपालिका भित्र १ दशमलव ५ किलोमिटरमा कालोपत्रे गरिएको छ भने ९ किलोमिटरमा ग्रावेल गरिएको छ । एक सय ५ दशमलव ५० किलोटिरमा ट्रयाक ओपन गरिएकोमा एक सय २० किलोमिटरमा सवारी साधन गुड्ने गरेको अध्यक्ष बरालले बताउनुभयो ।

सिस्ने गाउँपालिकाको करिब ८० प्रतिशत बस्तिमा सडक पुगेको अध्यक्ष बरालको भनाई छ । गाउँपालिका भित्र साना सडक पालिकाको लगानी, मझौला सडक प्रदेश सरकारको लागानी र ठुला सडक आयोजना संघ सरकारको लगानीमा निर्माण गरिएको अध्यक्ष बरालले बताउनुभएको छ ।