रुकुम(पूर्व) को भूमे गाउँपालिकामा दोस्रो भूमे फीडेरेटिङ चेस च्याम्पीयनसिप २०७९ भोली उद्धघाटन हुने भएको छ । भूमे गाउँपालिकामा रहेको युवा विकास केन्द्रको आयोजना तथा जिल्ला बुद्धिचाल सघं रुकुम(पूर्व) को सहआयोजनामा च्याम्पियनसिप हुन लागेको हो ।
च्याम्पियनसिप भोली वैशाख ११ गतेबाट सुरु भई १३ गतेसम्म गाउँपालिकाको १ नम्बर वडा लुकुममा सञ्चालन हुने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष बबिदेवल पुनले जानकारी दिनुभएको छ । स्थानीय स्तरको प्रतिभालाई प्रोत्साहन गर्न तथा खेलाडिहरुको क्षमता वृद्धि गर्ने उदेश्यले च्याम्पियनसिप गर्न लागेको उहाँको भनाई छ । अध्यक्ष पुनकाअनुसार च्याम्पियनसिपमा भाग लिनको लागि नेपालको विभिन्न जिल्ला रुकुम(पूर्व) सहित झापा, कन्चनपुर र भारतको उत्तराखण्डबाट खेलाडिहरु आएका छन् । कतीपय खेलाडिहरु सम्बन्धित ठाउँमा पुगिसकेका छन् भने कतीपय खेलाडिहरु पुग्ने क्रममा छन्
च्याम्पियन, जुनियर च्याम्पियन, भेट्रन, उत्कृष्ट महिला र विद्यार्थी आदी विधामा प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । यो प्रतियोगिता स्विस लिग पद्धतीको आधारमा सात राउण्डपछि समापन हुने छ । प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्, भने उपविजेता हुने खेलाडिले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गर्दा तृतीय हुने खोलाडीले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै चौथो स्थानदेखि सातौ स्थानसम्म रहेका खेलाडीलाई क्रमशः ६ हजार, पाँच हजार, ४ हजार, तीन हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उत्कृष्ट महिलाले पाँच हजार, भेट्रनले चार हजार, जुनीयर च्याम्पियनले दुई हजार विद्यार्थीमा प्रथम, द्धित्तिय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
पहिलो भुमे खुल्ला बुद्धिचाल प्रतियोगिता भुमे गाउँपालिका वडा नम्बर ९ को चुन्वाङ्ग गैरी गाउँमा सम्पन्न भएको थियो ।