रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानलै विजयी भएको छ । कामीले प्रतिद्धोन्दि नेकपा एमालेका उम्मेद्वार छाया पुनलाई पछि पार्दै विजयी हासिल गर्नुभएको हो ।
एमालेका उम्मेद्वार पुनले ३ सय २६ मत ल्याउदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ । यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी हुनुभएको छ ।
१ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो । यसमा पालिका अध्यक्षमा हसिया हथौडा चिन्हमा ४ सय १०, सुर्य चिन्हमा २ सय ६७, रुख चिन्हमा ५५, छाता चिन्हमा ७ मत प्राप्त भएको छ । यस्तै उपाध्यक्ष पदको लागि हसिया हथौडा चिन्हमाम ४ सय ११, सुर्य चिन्हमा २ सय ४९, रुख च्निहमा ५८ मत खसेको छ ।