रुकुम(पूर्व) को तीन वटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिदा रुकुम(पूर्व) मा माओवादी केन्द्रले जिल्लामा क्लिन स्विप पारेको छ । माओवादीले भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जिेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्षमा पुनीराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा भारी मतान्तरले वियी भइसक्नुभएको छ । १४ वटा वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएक वटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ ।

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ । यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभएको छ । ९ वटा वडा रहेको यस पालिकाको ८ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । ४ नम्बर वडामा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन् ।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मि निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित हुनुभएको छ । ८ वटा वडा रहेको यस गाउँपालिकामा माओवादीले ४ वटा वडा जितेको छ भने एमालेले ३ वटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ ।