जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालय रुकुम(पूर्व)) ले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा ६६ प्रतिशत बित्तिय प्रगती हासिल गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को हालसम्मको अवधिमा ६६ दशमलव ८८ प्रतिशत बित्तिय प्रगती हासिल गरेको कार्यालयका प्रमुख योगेन्द्र महत्तोले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कार्यालयको अहिलेसम्मको भौतिक प्रगती ७५ प्रतिशत छ । चालु आर्थिक वर्षमा यस कार्यालयमा जम्मा १३ करोड १२ लाख २० हजार बजेट आएको थियो । जसमा चालुतर्फ ८७ लाख २० हजार पँुजिगततर्फ १२ करोड २५ हजार रुपैयाँ रहेका थियो । जसमा अहिलेसम्म कुल बजेटको ८ करोड ८४ लाख एक हजार ४ सय ४८ रुपैयाँ बजेट खर्च भएको कार्यालय प्रमुख महत्तोले बताउनुभयो । चालुतर्फको ६४ लाख ८२ हजार र पुजिगततर्फको ८ करोड १९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै मंसिरको महिनामा कार्यालयले नयाँ माग गरि पठाएपछि दुई करोड २६ लाख ३० हजारको सेराबाङ सिंचाई योजना र एक करोड २५ लाख ३३ हजारको लाखर खोला सिंचाई आयोजनाको स्टामेट स्विकृत भएको छ । यसको पनि बजेट आउने क्रममा रहेको कार्यालयले जनाएको छ । यस कार्यालयबाट चालु आर्थिक वर्षमा जम्मा ५१ वटा योजना सञ्चालनमा आएका थिए । जसमा अहिलेसम्म २२ वटा योजना सम्पन्न भएका छन् भने २९ वटा निर्मानाधिन अवस्थामा रहेको महत्तोले बताउनुभयो ।
कार्यालय प्रमुख महत्तोकाअनुसार यस जिल्लामा मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिचाई योजना १७ वटा थिए । जसमा दुई वटा सम्पन्न भइसकेका छन् भने १५ वटा निर्मानाधिन अवस्थामा छन् । मर्मत सुधारका योजना १८ वटा रहेकोमा ७ वटा सम्पन्न हुदा ११ वटा निर्मानाधिन अवस्थामा रहेका छन् । यसैगरी जल उत्पन्न प्रकोप न्यूनिकरणमा १६ वटा योजना रहेकोमा १३ वटा सम्पन्न र ३ वटा निर्मानाधिन अवस्थामा रहेको कार्यालय प्रमुख महत्तोले बताउनुभयो ।
असार मसान्त भित्र कार्यलयले सय प्रतिशत नै बित्तिय प्रगती हासिल गर्ने लक्ष राखेको छ । जिल्लामा भारी वर्षात, हिमपात, कोभिड १९, स्थानीय निर्वाचन, कच्चि बाटो, निर्माण सामाग्रीको दर वृद्धि, कर्मचारीको सरुवा लगाएतको कारणले अपेक्षित रुपमा काम हुन नसकेको कार्यालय प्रमुख महत्तोले बताउनुभएको छ ।