रुकुम(पूर्व) को भूमे गाउँपालिकामा भूम्या पर्वको अवसरमा सांस्कृतीक महोत्सव हुने भएको छ । पर्वका अवसर पारी “हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा कला संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पर्वको अवसरमा सांस्कृतीक महोत्सव लाग्ने भएको हो । महोत्सवमा सांस्कृतीक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा भूम्या नाँच, ढोङ्गे अर्थात नचारु नाँच, मयुर नाँच, पैसेरु नाँच, फाँक र झोरेली नाँच प्रतियोगिता सञ्चालन गरिने भएको छ । गाउँपालिकाका चन्द्र रसाइलीकाअनुसार भूम्या नाँचमा प्रथम स्थान हासिल गर्नेलाई एक लाख, दोस्रो स्थान हासिल गर्नेलाई ७५ हजार, तृतीय स्थान हासिल गर्नेलाई ५० हजार र सान्तवना स्थान हासिल गर्नेलाई २० हजार पुरस्कार प्रदान गरिने छ । यसैगरी ढोङ्गे अर्थात नचारु नाँचमा प्रथाम स्थान हासिल गर्नेलाई ७५ हजार, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र सान्तवना स्थान हासिल गर्नेलाई १५ हजार पुरस्कार प्रदान गरिने रसाइलीले बताउनुभयो ।

यसैगरी मयुर नाँचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्तवना हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पैसेरु नाँचमा क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई ३० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी फाँक नाँच र झोरेली नाँचमा पनि प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई क्रमशः ३० हजार, २० हजा, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने रसाइलीले बताउनुभयो ।

महोत्सवको उद्धघाटन असार २ गते दिउसो १२ बजे खाबाङ बगरमा हुने भएको छ । गाउँपालिकाले भूम्या पर्वको अवसरमा आयोजना हुने सांस्कृतीक महोत्सवमा सबैलाई उपस्थितीको लागि अनुरोध गरेको छ ।