रुकुम(पूर्व) मा भूम्या पर्वको अवससरमा आयोजित सांस्कृृतीक महोत्सव सम्पन्न भएको छ । भूम्या पर्वको अवसरमा “हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा कला संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको महोत्सवको आइतबार साझ सम्पन्न भएको हो । असार २ गतेबाट सुरु भएको महोत्सव ४ गते साझ सम्पन्न भएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतीक प्रतियोगिता आयोजना गरिएको थियो । भूम्या नाँच, ढोङ्गे अर्थात नचारु नाँच, मयुर नाँच, पैसेरु नाँच, फाँक र झोरेली नाँच प्रतियोगिता सञ्चालन गरिएको थियो । भूम्या नाँच प्रतियोगितामा भूमे गाउँपालिका ७ प्रथम भएको छ । यस्तै भूमे २ काक्रि दोस्रो, भूमे ६ महत तेस्रो र भूमे ३ क्याङ्सी सान्तवना भएका छन् । उनिहरुलाई क्रमशः एक लाख, ७५ हजार, ५० हजार र २० हजार पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी ढोङ्गे अर्थात नचारु नाँचमा प्रथम स्थान हासिल गर्ने भूमे ३ क्याङ्सीलाई ७५ हजार, दोस्रो हुने ३ नम्बर वडाको सिमालार्ई ५० हजार र तेस्रो हुने भूमे ६ महतलाई ३० हजार नगद पुरस्कार प्रदान गरिएको छ । मयुँर नाच प्रतियोगितामा सिस्ने ५ रुमालबारा प्रथम, भूमेको कोर्जा समुह दोस्रो र खाबाङ तेस्रो भएका छन् । मयुर नाँचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

पैसेरु नाँचमा भूमेको रुन्चि नाखे प्रथम, डिभीआर पैसेरु नाँच तथा कला संरक्षण समुह भूमे ७ दोस्रो, झुम्लाबाङ तेस्रो र क्याङ्सी सान्तवना भएको छन् । क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई ३० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।यसैगरी फाँक नाँचमा भूमे ३ क्याङ्सी ए प्रथम, क्याङ्सीकै बी समुह दोस्रो, भूमे १ लुकुम तेस्रो र भूमे ६ महत सान्ततवना भएका छन् । झोरेल्नी नाँचमा महत प्रथम, सिमा दोस्रो र क्याङ्सी तेस्रो भएका छन् । फाक र झोरेल्नि नाँचमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमशः ३० हजार, २० हजा, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।