हेमन्त राई

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला र नेपालको कान्छो जिल्लाको रुपमा चिनिने रुकुम(पूर्व) को हालको सदरमुकाम हो रुकुमकोट । यो सुन्दर ठाउ, नेपालको पूर्व पश्चिम लोक मार्ग अर्थात पहाडी लोक मार्गको छेउमै अवस्थित छ । रुकुमकोटको सुन्दरता र पहिचान बोक्ने सुन्दर ताल हो कमल दह ।

त्यही कमल दहमा अहिले फुलेका छन् सुन्दर कमलका फूल ।

पर्यटकीय स्थलका हिसाबले यो सुन्दर कमल दह एक महत्वपूर्व आकर्षकको गन्तव्य हो । झन अहिले ढकमक्क फुलेको कमलको फूलको त कुरै के गर्नु र ? यो दहमा असार देखि भाद्रसम्म ढकमक्क पारि सुन्दर कमलका फूलहरु देख्न पाइन्छ ।

यतिबेला कमल दहमा ढकमक्क फुलेको फूलले थपेको रौनकताको बयान गरि साध्य छैन् ।

रुकुम पूर्व पश्चिमसँगै रोल्पा, बागलुङ, सल्यान, जाजरकोट लगाएतका जिल्लाबाट आन्तरिक पर्यटकहरु यहाँ आएर आनन्द लिने गर्दछन् । कमलको फूलसँगै सामीप्यता बढाउने र आनन्द लिने समय यहि हो । टिकटक, फेसबुक जस्ता सामाजिक संजालमा यो सुन्दरता राखेर भिडियो खिच्ने समय अहिले नै हो । आउने हैन त रुकुमकोटको सुन्दर कमल दह ? स्वागत छ है सबै जनालाई ।

भिडियो यस लिंकमा गएर हेर्न सक्नुहुने छ ।

Youtube Video Link: https://youtu.be/v-aXif9CkPk