हेमन्त राई
यो हो कोल गाउँ ।
यो गाउँ लुम्बिनी प्रदेशको एक मात्र हिमाली र संघियता कार्यान्वयनपछि बनेको नयाँ जिल्ल्ला रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका १२ मा अवस्थित छ ।
पुरानो शैलीको संरचनामा यहाँका घर तथा बस्ति देख्न सकिन्छ । कतीपयलाई यी बस्तिमा हेर्नलायक ठाउँ के छन् त भन्ने पनि लाग्न सक्छ । यस ठाउँमा हेर्न लायक ठाउँ भन्दा पनि कोल गाउँ नै एउटा उत्कृष्ट हेर्न र घुम्न लायक ठाउँ हो ।
यहाँ पुगेका जोकोही मान्छेले यी बस्ति र बस्तिका मान्छेको अनुहार सजिलै भुल्न सक्दैनन् । जोडिएका घरहरुको एकै ठाउँमा झुप्प परेको सुन्दर बस्ति, एउटा घरको छानो अर्को घरको आगन । आहा ! घरजस्तै जोडिएका मनहरु ।
अनी यो गाउँ अलीक टाढाबाट हेर्न हो भने हेलिकप्टरको जस्तै स्वरुपमा देख्न सकिन्छ ।
यस बस्तिमा अधिक संख्यामा मगर जातीको बसोबास छ । यसैगरी दलित र गुरुङ समुदायको पनि बसोबास छ । यहाँको बस्ति, यहाँको माहोल, कला, संस्कृती, भेषभुषा सबैमा नयाँपन पाइन्छ ।
यहि नयाँपनको महशुस गर्न चाहनुहुन्छ भने मध्यपश्चिम क्षेत्र अर्थात लुम्बिनीको पूर्वतीर आउनुस है ।