रुकुम(पूर्व) मा जिल्ला भित्र र बाहिरको लागि यम्बुलेन्स सेवाको भाडादरमा हेरफेर गरिएको छ । जिल्लामा सरकारी, गैरसरकारी र निजी संस्थाहरुबाट सञ्चालनमा रहेका यम्बुलेन्सले सेवा दिदै आएका छन्् । तर कतीपय सेवाप्रदायकले बिरामीहरुबाट मनपरी रुपमा भाडा उठाउने गरेको जनगुनासोको आधारमा मनपरी भाडा असुल्ने प्रवृतीलाई अन्त्य गरि एकरुपता ल्याउनको लागि जिल्ला प्रशासन कार्यालयमा बैठक बसी भाडा दर निर्धारण गरिएको हो ।

रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका कोल र तकसेराको लागि ६ हजार, जामाबगरको लागि ८ हजार ५ सय, हुकामको लागि १० हजार, त्रिवेणीको लागि ७ हजार, दमचनको लागि ६ हजार ५ सय भाडा निर्धारण गरिएको छ । राङ्सीको लागि ७ हजार, नाखाको लागि ७ हजार ५ सय, भूमे गाउँपालिका काँक्रिको लागि ४ हजार, पातीहाल्ना पञ्चासेको लागि ३ हजार पाँच सय, लुकुम, मोराबाङ, झुम्लाबाङ, क्याङ्सी, गाबाङ, महत, कुचिबाङको लागि दुई हजार पाँच सय भाडा निर्धारण गरिएको छ ।

यसैगरी काँक्रि÷खाबाङ, काडाँ, सेराबाङ, डालिबाङ, सिमा, सिस्नेरी, पाङ्गा, अमलाचौरको लागि यम्बुलेन्सको भाडा दुई हजार निर्धारण गरिएको छ । यस्तै मोराबाङ हेल्थपोष्टसम्म १५ सय, धरमशाला, मौवाडाँडा, देउखोला, दादीङसम्म तीन हजार, गुनाम, रिसालचौर, कोर्जा, सिमखोलासम्म ४ हजार, चुनबाङ गैरीगाउँसम्म ५ हजार र सिमचौरसम्म ६ हजार तथा थबाङसम्म ३ हजार, थबाङ हुँदै घोराहीसम्म १५ हजार, बालुवा ह्याप्ला औलाबाङ र झिङ्ग्रीसम्म एक हजार तथा सिस्ने ५ र ६ नम्बर वडाभित्र ५ सय यम्बुलेन्सको भाडा दर तोकिएको छ ।

यस्तै सल्लेसम्म ५ हजार, चौरजहारी, श्रीनगर÷सल्यान खलङगासम्म १२ हजार, तुलसीपुर १५, घोराही १६, कोहलपुर १९ र नेपालगञ्जको लागि २० हजार भाडा निर्धारण गरिएको छ । यसैगरी वुटवल २२, भैरहवा २३, चितवन २८, दाङ हुँदै काठमाडौं ३५ हजार, वुर्तीबाङ ७ हजार पाच सय, बागलुङ १५ हजार, पोखरा २२, बागलुङ हुँदै काठमाडौं २८, बागलुङ पोखरा हुँदै चितवनको लागि २५ हजार यम्बुलेन्सको भाडा निर्धारण गरिएको छ ।

यसैगरी बुर्तीबाङ हुँदै वुटवलको लागि १८ हजार, बुर्तीबाङ हुँदै पाल्पा १५ हजार र चुनबाङ हुँदै घोराहीको लागि १५ हजार भाडा निर्धारण गरिएको छ । यो नीर्णय साउन १३ देखि नै लागु गरिने जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।