रुकुम(पूर्व) को भूमे गाउँपालिका ३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आजबाट सुचारु भएको छ । मंगलबार साझ ६ बजेको बेलामा सडक माथीबाट ठुलो पहिरो झर्दा सडक अवरुद्ध हुन पुगेको थियो ।

आज बिहानैबाट लागेर सडकमा झरेको पहिरो पन्छाएको र ढुङ्गा फुटाएपछि सडक पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो ।

मंगलबार साझैबाट काठमाडौं, पोखरा, बागलुङ्बाट आएका गाडी काँक्रि र खाबाङमा थुनिएका थिए भने रुकुम(पश्चिम) बाट आएका गाडी रुकुमकोटमै थन्किएका थिए । सडक सुचारु भएसँगै यात्रु तथा सवारी साधनलाई आवतजावतमा सहजता आएको छ ।