बिक्रम परियार/रुकुम(पूर्व)

दशैको टिका बहिस्कार गर्न मंगोल नेशनल अर्गनाइजेनका केन्द्रिय सदस्य रतनबहादुर बुढाको रुकुम (पूर्व)बाट काठमाडौंसम्मको पैदल यात्रा सुरु भएको छ । उहाँले मंगोल समुदायले हिन्दु धर्मावलम्बिहरुले मनाउने दशैं पर्व को बहिस्कार गर्नुपर्छ भन्ने उदेश्य राखेर रुकुम(पूर्व) बाट काठमाडौंसम्मको ४५६ किलोमिटर लामो पैदल यात्रा सुरु गर्नुभएको हो ।

रुकुम (पूर्व) भूमे गाउँपालिका वडा नम्वर ५ सेरावाङका उहाँले मंगलबार जिल्ला प्रसासन कार्यालय रुकुम(पूर्व) को प्राङ्गनबाट बाग्लुङ, पोखरा, मुग्लिन मार्गको पैदल यात्रा सुरु गर्नुभएको हो ।

“एक्काइसौ सताब्दि अहिन्दु मुलवासि मंगोल मुक्तिको सताब्दि हो ।” भन्ने नारालाई अघि बढाउदै मंगोल नेशनल अर्गनाइजेन पार्टीको निरन्तरको अभियान अन्र्तगत उहाँले उक्त पैदल यात्राको सुरु गरेको बताउनुभएको छ । उहाँले सनातन मनुवादी हिन्दु धर्मबाट कुसस्कार अन्धविस्वास र अबैज्ञानिक ढंगले आफुहरु माथि जवरजस्त हिन्दुकरणवाद थोपारिदिएको संरचना बिरुद्ध यसो गरेको बताउनुभएको छ ।

उहाँले साउन १७ गतेदेखि लिएर यसको ६५ दिनमा पैदल हिडेर काठमाडौं पुग्ने लक्ष्य राख्नुभएको छ । उहाँको साथमा ९६ बर्षिय बृद्ध आमा पनी रहनुभएको छ । रतनबहादुर बुढा आफै पनी ६५ बर्ष पुगिसक्नुभएको छ । जानकारीको लागि भनेर उहाँले जिल्ला प्रशासन कार्यालयमा पनि एउटा निवेदन दिनुभएको छ ।

उक्त निवेदनमा लेखिएको छ, “राष्ट्रव्यापी, सनातन, मनुवादी हिन्दु धर्मबाट कुसस्कार अन्धविश्वास, अवैज्ञानीक परम्पराबाट अशिक्षित, अचेतनशिल, नागरिक समाजलाई आधुनिक युगको व्यवहारिक विज्ञान सम्मत विधि परम्परालाई अपनाई राष्ट्र तथा समाजको स्वच्छ, स्वस्थ, शिक्षित समुह तथा विकास निर्माण गर्न सदा झै हाम्रो मंगोल नेशनल घले राजाको हत्या गरि रातो रगतको टिका हिन्दु धर्म नेपालको गोर्खा देखि मुलबासी मंगोललाई दासत्व स्किार गर्न बाध्य पारिएको थियो ।

यसर्थ समाजलाई मुक्ति दिलाउनसँगै ज्येष्ठ नागरिकलाई आदर, सत्कार, उपार गर्न चेतनशिल र दायित्वशिल व्यक्ति निर्माण गर्न राष्ट्र, समाज प्रशासनका सम्बन्धित सरोकारवालालाई अनुकरणीय आदर्श स्थापना गर्न यो पेदल यात्रा सफलताको लागि ध्यानाकर्षण निवेदन चढाउछु ।”

काठमाडौं पुगिसके पश्चात दशैको टिका बहिस्कारका लागि सिंहदरवार परिसरबाट विरोध गर्ने तयारी रहेको उहाँले बताउनुभएको छ ।