रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ । सिस्नेमा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि संयोजक र गाउँपालिका उपाध्यक्ष गोपाल रेउले उपसंयोजक रहनुभएको १२ सदस्यिय समिति गठन गरिएको हो । जसको सदस्य सचिवमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह रहनुभएको छ ।

सदस्यहरुमा जिल्लास्थित राष्ट्रिय मान्यता प्राप्त दलहरु नेपाली कँंग्रेसबाट मदन विसी, नेकपा एमालेबाट कर्णबहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट शान्तेबहादुर विक, नेकपा एकीकृत समाजवादीबाट भिमकान्त उपाध्याय र राप्रपाबाट सुधिर विक्रम शाह रहनुभएको छ । यस्तै सिस्ने गाउँपालिका ६ कि दलित महिला सदस्य धनकला विक, सिस्ने गाउँ कार्यपालिका समस्य मिना केसी, नागरिक समाजबाट तारकबहाुर शाह र चन्द्रकुमारी दमाई सदस्यमा रहनुभएको छ ।

भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान तथा उनिहरुको लगत संकलन कार्यको लागि राष्ट्रिय भूमी आयोगमा पुनः सुचना गरिदिन पत्राचार गर्ने निर्णय गरिएको छ । सिस्ने गाउँपालिकामा अव्यवस्थित बसोबास गरिरहेकाहरु धेरै भएको अनुमान गरिएको छ । सुचना प्रकाशन भएको ३५ दिनभभित्र लगत संकलनको कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।