रुकुम(पूर्व) मा पहिलो साहित्य महफिल सम्पन्न भएको छ । रुकुम(पूर्व) मै पहिलो पटक राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) को आयोजनामा पहिलो साहित्य महाफिल आयोजना गरिएको हो ।

मंगलबार साहित्य महफिल सिस्ने गाउँपालिका ६ छिप्रीदहमा रहेको होटेल लेक सिटीको हलमा सञ्चालन भएको थियो । महाफिल कार्यक्रमको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले मैन बत्ति बालेर उद्धघाटन गर्नुभएको थिया । उद्धघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रेग्मिले साहित्य समाजको ऐना भएको बताउनुभएको छ ।

हामी अझै पनि मानवता र दानवताको बिचबाट गुज्रिरहेको बताउदै अध्यक्ष रेग्मिले यसबेला विश्वसनियताको अभाव, आक्रोश हुने बताउनुभयो । यही विश्वसनियताको अभाव, आक्रोशलाई साहित्यले शान्त पार्ने र ब्याङ्ग्यको माध्यामबाट चित्रण गर्ने काम साहित्यले गर्ने उहाँको भनाई छ । मान्छेमा भएको निरासापन अन्त्य गर्ने र मान्छेलाई मनोरन्जनको माध्याम साहितय रहेको भनाई अध्यक्ष रेग्मिको भनाई छ । रुकुम(पूर्व) का साहित्यकारहरुलाई अध्यक्ष रेग्मिले आशावादी, आदरभावको अभिव्यक्ति, नैतीकताको पक्षधरमा रहेर साहितय सिर्जना गर्न आग्रह गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समिति रुकुम(पूर्व) का उपप्रमुख मोहनबहादुर केसी र राप्ति साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष मोहनलाल केसीले साहित्यबिना मानिस, समाज अपुरो हुने बताउनुभएको छ । साहित्यले ब्याङग्यात्मक तरिकाबाट समाजमा हुने गरेका नराम्रा नराम्रा विकृती, विसंगतीको अन्त्य गर्ने बताउनुभयो । महफिल कार्यक्रममा तारकबहादुर शाहको मनसा साहित्यीक कृतिको पनि विमोचन गरिएको छ ।

महफिलमा गजलकार दाङका बसन्त ओली (बसन्ति), बर्दियाका पृथक हिमाल ओली, दोलखाकी सुशिला श्रेष्ठ, रोल्पाकी दिल कुमारी बुढा, रुकुम(पश्चिम) का जिएम दिपु दिपेन्द्र, रुकुा(पूर्व) की सुधा शाहले गजलमय माहोल बनाउदा कवियत्रि सल्यानका कल्पना परियारले कवितामय माहोल बनाउनुभएको थियो । यस्तै यसै कार्यक्रमको अवसर पारि कविता वाचन प्रतियोगिताको पनि आयोजना गरिएको थियो । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा साहित्य क्ष्ँेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) का अध्यक्ष कमानसिंह विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम(पूर्व) का उपप्रमुख मोहनबहादुर केसी र राप्ति साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष मोहानलाल केसीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न निकायका व्यक्तित्व, साहित्यकार तथा अन्य नागरिकको उपस्थिती रहेको थियो ।

राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) की उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) की सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।