रुकुम पुर्व: सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान ठुलो भूकम्प गएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज स्थित खप्तड बाबा आश्रम केन्द्र केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिए ।

उनका अनुसार बुधवार बिहान २ बजेर १२ मिनेट आसपासको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरेको अधिकारीले बताए ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित पश्चिम नेपालभर भूकम्पको धक्का महसुस गरिएको थियो ।

डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मंगलबार राती ९ बजेर ७ मिनेटमा ५.७ र ९ बजेर ५६ मिनेट जादा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म कुनै विवरण आएको छैन ।

सो भुकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत मशसुश गरिएको भारतीय समाचार संस्था एनएनआइले जनाएको छ ।