रुकुम पूर्वः परम्परा देखि लाग्दै आएको रुकुम पूर्वको प्रसिद्ध नाथिगार मेला यस वर्ष नलाग्ने भएको छ । सिस्ने गाउँपालिका ७ को नाथिगार खोला नजिक नाथिगार गाउँमा लाग्दै आएको मेला यस वर्ष नलाग्ने वडा अध्यक्ष सशिधर बुढाले जानकारी दिए ।
हरेक वर्ष कार्तिक कृष्ण पञ्चमी देखि सुरु हुने मेला तीन दिनसम्म भव्य रुपमा लाग्ने गर्दै आएको थियो । सोही मेलाको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि हुने गरेका थिए । स्थानीय मयूर नाचँ, पसरु नाचँ तथा लाठी जुलुस सहित मेला भर्न आउने कार्यले नाथिगार मेलालाई रोचक बनाउथ्यो ।
यसका साथै टाढा टाढाका साथीसंगी भेट हुने, पिङ खेल्ने, बदाम, सुन्ताला, गञ्जी र जेरी जस्ता परिकार खाने थलोका रुपमा विकसित नाथिगार मेला यस वर्ष नलाग्ने भएको छ ।
सुरक्षाको खतराको कारण स्थानीय सरकार र प्रशासनले मेला लाउन रोक लगाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए ।
हामि चुनावको सङघारमा छौ रेग्मीले भने मेलाको अवसरमा केहि अप्रिय घटना घटन सक्छन् । त्यस्ता घटना हुने वातावरणलाई रोक्न र मंसिर ४ मा हुने आम निर्वाचनलाई शान्ति एव् भयरहित वातावरणमा सम्पन्न गर्न मेला रोक्ने निर्णयमा पुगेका हौँ ।
मेला नलागे पनि कार्तिक कृष्ण पञ्चमीका दिन हुने पुजाको लागि मन्दिर भने खुल्ला रहने ७ नम्बर वडा कार्यालयले जनाएको छ । यस वर्ष नलागे पनि अर्काे वर्ष भने कार्तिक कृष्ण पञ्चमीका दिन देखि नै मेला लाग्ने वडा अध्यक्ष बुढाले बताएका छन ।