रुकुम पूर्व: पाँच दलिय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका पूर्णबहादुर घर्तीले गठबन्धनको जित सुनिश्चित भएको बताएका छन । सोमबार भूमे गाउँपालिका ६ महतमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार घर्तीले जिल्लामा गठबन्धनको जित सुनिश्चित भएको बताए ।

जिल्लाभरी घरदैलो तथा चुनावी सभा सञ्चालन गर्दै गर्दा जनता गठबन्धनको पक्षमा केन्द्रित भएको बताए । हामी उत्साहित छौ । घर्तीले भने हाम्रो जित सुनिश्चित भइसकेको छ । कतिपयले आफ्नो नाम स्वतन्त्र उम्मेद्वारसँग जोडेर प्रदेशका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्ने भ्रम छरेको भन्दै घर्तीले आपत्ति जनाए ।

संविधानको रक्षा र रुकुम पुर्वको विकासको लागि गठबन्धन भएको भन्दै गठबन्धन नै अहिलेको आवश्यक हो । उनले भने गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।

बागी उम्मेद्वारले गठबन्धनका आधिकारीक उम्मेद्वारको विरुद्धमा गलत प्रचार गर्ने गरेको बताउदै त्यसतर्फ पनि सचेत हुन मतदातालाई आग्रह गरेका छन ।

मानिसका समस्या र अभावहरु थुप्रै हुने गर्छन् । उम्मेद्वार घर्तीले थपे त्यसका बाबजुत पनि थुप्रै खाले परिवर्तनहरु गरेका छौ ।
अहिले संघियता कार्यान्वयनको चरणमा छ । संघियतालाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ । उनले भने

संघियता कार्यान्वयन गर्दै जाने क्रममा एमालेसँगको एकतामा दुई तिहाइको सरकार निर्माण गरियो । तर केपी ओलीले चालेको असंबैधानिक कदमका कारण पार्टी विभाजनसँगै संविधानको रक्षा स्वरुप पाँच दलिय गठबन्धन भएको हो ।