रुकुम पूर्वः क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेद्धवार धनबहादुर केसीको अग्रता कायमै छ । केसीले सुरु देखि नै अग्रता लिइ रहेका छन ।

७ हजार ९ सय ७९ मत गणना हुँदा केसीले ३ हजार ४ सय १८ मत ल्याएका छन । केसीलाई स्वतन्त्र उम्मेदवार नरहरि खड्काले पछ्याइरहेका छन ।

खड्काले अहिलेसम्म एक हजार ९ सय ८६ मत ल्याएका छन । खड्का भन्दा केसी १४३२ मतान्तरले अघि छन । अहिलेसम्मको मत परिणाम हेर्दा केसीका मुख्य प्रतिस्पर्धी खड्का मानिएका छन । केसीले नेपाली काङग्रेसबाट उम्मेदवारी दिएका हुन ।

 

यस्तै नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले एक हजार तनि सय ३४, स्वतन्त्र उम्मेदवार केशव रावलले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केशव चन्द्र समालले ९८, मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढाले ७६ मत पाएका छन ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का १२ वडा मध्य १० वडाको मतगणना सकिएको छ । अव सदरमुकाम रुकुमकोटका दुई वडाको मत गणना गर्न बाकी छ ।

यि वडामा दुई हजार पाँच सय ७२ मत खसेको थियो । निर्णायक मत रुकुमकोटको मानिएको छ । मतगणना जारी छ ।