
रुकुम(पूर्व) को हिमाली भेगमा अवस्थित प्रकृतिको एक सुन्दर उपहार हो तकसेरा गाउ । यो पुथा उत्तरगंगा गाउँपालिकाको १० र ११ नम्बर वडामा अवस्थित छ ।
तक र सेरा दुई वटा छुट्टाछुट्टै गाउँको नाम मिलेर बनेको नाम हो तकसेरा । सेरा पनि एउटा गाउँमा सिमित छैन, सेराभित्रका सेराहरु पनि तल्लो र माथील्लो गरेर दुइ ओटा रहेका छन । तक र सेराको बिचौबिच भागबाट कलकल गर्दै बगेको छ उत्तरगंगा नदि । भन्दा तकसेरा सँगै भएपनि तक र सेरालाई उत्तरगंगाले वारी र पारी बनाइदिएको छ ।
नाम सँगै भएपनि बस्ति फरक भएका यी तक र सेरा दुई वटा आखाजस्तै हुन् । हेर्दा उस्तै देखिने, विशेषता पनि उहि भएका आखालाई जसरी नाकको डाडोले कहिल्यै भेट हुन दिदैन त्यसरी नै तक र सेराको बिचमा नाकजस्तै डाँडो नै छ ।
तक र सेराका बस्ति मात्र वारी र पारिका हुन्, त्यहाँ बसोबास गर्ने व्यक्तिहरुको मन भने जोडिएको छ । सेराको बस्ति हुदै कोही पुल तरेर त कोही उत्तरगंगामा छलाङ मार्दै तक प्रवेश गर्छन् ।तकबाट थोरै दुरीमा रहेको अर्को सुन्दर बस्ति हो, बाछीगाउँ ।
यसरी विस्तृतमा हेर्दा यी फरक गाउ र बस्तिहरु देखिएता पनि समग्र यी तिनै गाउको बस्तीलाई अक्सर एकै नामले चिनिने गरिन्छ, तेही एकीकृत नाम हो तकसेरा ।
तकसेराको बस्ति हेर्ने हो भने घरमाथी जोडिएका घर, तल्लो घरको छानो माथ्लो गरको आंगन, अनी जोडिएको घरजस्तै सबैको जोडिएका मन, अनी सबै मनहरुको भारी बिसाउने एउटै आगन ।
बाछीगाउँमा यसरी घरहरु बिछट्टैगरि जोडिएका त छैनन् । तर मनहरुको डोरी भने निकै नै कसिलो गरी जोडिएका छन् । मगर र दलित समुदायको बसोबास रहेको यी क्षेत्रका नागरिकहरु आफ्नै भाषा, कला, संस्कृती, रहनसहन, भेषभूषामा खुब रमाउने गर्दछन् ।
भालेको डाकोसँगै सुरु हुने दैनीकी कलकल बग्ने उत्तरगंगा र चादी झै टल्कने हिमालले आनन्दमयी र मनोरम बनाइरहेको हुन्छ यहाको बस्तीको वातावरण ।
यो तकसेरा नेपालको एक मात्र आरक्षण क्षेत्र, ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्रको यरिया भित्र पर्छ ।
फोटो ; हेमन्त राई