रुकुम पुर्व: सिस्ने गाउँपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी दुइ दिने तालिम सुरू भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाले गाउँपालिकाको कार्यालय रुकुमकोटमा तालिमको आयोजना गरेको छ ।

विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्ने सफ्टवेयर सम्बन्धी शिक्षकलाई जानकारी गराउन तालिमको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिए ।

सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको छ । धेरैलाई यो सम्बन्धि ज्ञान छैन । बुढाले भने त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिमको आयोजना गरेका हौ ।

विद्यालयका प्रधानाध्यापक, लेखा शिक्षक र कम्प्युटर शिक्षकलाई तालिममा समावेश गरिएको छ । तालिममा आधारभूत कम्प्युटर ज्ञानका साथै एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणालीका बारेमा सिकाइने छ ।

विद्यालयको तथ्याङ्क व्यवस्थापनका साथै पालिका स्तरीय कक्षा ८ को परीक्षामा सहजता ल्याउन तालिमले सहयोग गर्ने बुढाले बताए ।

तालिमको उद्घघाटन गर्दै गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले विद्यालयको तथ्याङ्क व्यवस्थापनमा गम्भीर भएर लाग्न शिक्षकहरु लाई आग्रह गरे । तथ्यांक व्यवस्थापन अति संवेदनशिल छ । यो हरेक विद्यालयको ऎना हो ।                                                तालिममा सिकाएका कुरालाई जिम्मेवार भएर ग्रहण गर्न मेरो अनुरोध छ । उनले थपे सिस्नेका विद्यालयको गुणस्तर सुधार गर्न सबैको प्रयास अपरिहार्य छ ।

उपाध्यक्ष रेउलेको अध्यक्षतामा तालिम उदघाटन भएको हो । तालिममा घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत छैटौ अजय बोहरा र रुक्मिणी माविका कम्प्युटर शिक्षक रमेश देवकोटाले प्रशिक्षण दिइरहनु भएको छ ।

दुई दिने तालिममा सिस्ने गाउँपालिका भित्रका ४० विद्यालयका ४८ भन्दा बढी शिक्षकहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुढाले गरिरहेका छन ।