रुकुम(पूर्व) मा बृहत जिल्लास्तरीय कृषि मेला प्रर्दशनी २०७९ लागेको छ । जिल्लामा यहि पौषको १५ र १६ गते जिल्लाको सिस्ने गाउँपलिका ६ छिप्रीदहमा बृहत जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी सञ्चालन गरिएको हो ।
“कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुम(पूर्व) को मुल आधार” भन्ने नाराका साथ जिल्लामा दुई दिने कृषि प्रर्दशनी मेला सञ्चालन गरिएको हो ।
जिल्लामा उत्पादन हुँदै आएको फलफूल बाली, खाद्यान्न, तेलहन, दलहन बाली, तरकारी, नगदे बाली, मसला बाली, मौरी, माछा र पशुपन्छि लगाएतको प्रर्दशन मेलामा गरिएको छ ।
मेलामा प्रर्दशनको लागि ३ सय ५० बढी कृषकले नाम दर्ता गराएका थिए । जसमा उत्कृष्ट एक सय १३ जना किसानलाई नगद र प्रमाणपत्रले पुरस्कृत पनि गरिएको छ ।
एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व), घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व), हुरेड कार्स नेपाल रुकुम(पूर्व) र युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टर÷मिक नेपालको संयुक्त आयोजनमा जिल्लामा कृषि मेला प्रर्दशनी २०७९ सञ्चालन गरिएको हो ।