रुकुम(पूर्व) मा विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास गरिएको छ ।

घरमा आगलागी भयो भने कसरी सुरक्षित रहने र राहत उद्धारको कार्य कसरी गर्न सकिन्छ भनेर देखाउन नमुना अर्थात कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम गोठ निर्माण गरेर त्यसमा आगो लगाइ, आगोबाट कसरी बच्ने र आगलागीबाट हुने क्षतीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई नमुना अभ्यासमार्फत देखाइएको थियो ।

यस्तै ग्यास सिलिण्डर लिग भयो भने हुने आगलागी र त्यसबाट पनि कसरी सुरक्षित रहने र आगोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि कृत्रिम अभ्यासमार्फत देखाइएको थियो ।

सुख्खा मौसम चलिरहेको र यस बेलामा आगलागीका घटना धेरै हुन सक्ने सम्भावना रहेकाले नागरिकलाई सचेत गराउने र आगलागीको घटना भएमा त्यतीबेला राहत तथा उद्धारमा खटिने टोलीलाई अभ्यास स्वरुप यो नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) र जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नरसिंह दल (ग) गुल्म रुकुम(पूर्व), जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व), सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम(पूर्व) को समन्वयमा नमुना अभ्यास गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनुवारसँगै जिल्लाको तीन वटै गाउँपालिका अध्यक्ष, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार र अन्य नागरिकको उपस्थितीमा सिस्ने गाउँपालिका ६ छिप्रीदहमा विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटनाको अभ्यास गरिएको हो ।