जाउँ भन्दा मान्दिनौ नखरा धेरै भो
अव मैले अर्कै रोज्ने खतरा धेरै भो
रुकुम पश्चिमका गजलकार जि.एम.दीपु देपेन्द्रले बजारमा ल्याएको पहिलोे सांगितिक गजल गित ‘खतरा धेरै भो’ अहिले सर्वाधिक चर्चामा छ । गजलकार देपेन्द्रले शब्द कोर्नुभएको “खतरा धेरै भो” मा स्वर र संगित चर्चित गजल गायक थानेश्वर गौतमले भर्नुभएको छ । उक्त गित शुक्रबार २९ गते थानेश्वर गौतम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गितको भिडिओमा आशिष ओली, गीता ढुंगाना र श्वाभिमान सुवेदीको अभिनय रहेको छ ।
यो गित युट्युुब च्यानलमा सार्वजनिक गरिएको दोस्रो दिनबाटै ट्रेन्डिङमा पर्न सफल भएको छ । तेस्रो दिन चलिरहदाँ अहिले उक्त गित ट्रेन्डिंग १२ बाट अगाडीको दौडमा छ । गितले राम्रो प्रशंसा बटुलिरहेको छ । अहिले टिकटकतीर पनि यो गित निकै चर्चामा छ ।
भिडिओमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ । आफुले मन पराएकी मान्छेले वास्ता नगरेपछि मनमा उब्जिएका विभिन्न भावनालाई गितमा उतारिएको छ । भिडिओको अन्तिममा ट्विस्ट आउँछ । त्यसबारेमा थाहा पाउन भिडिओ हेर्नुपर्ने हुन्छ । भिडिओको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।
गित र भिडियोका हेर्नकाे लागी यो लिकं क्लिक गर्नुहोला