नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम(पूर्व) को अध्यक्षमा भोगबहादुर खड्का निर्वाचित हुनुभएको छ । आज रुकुमकोटमा आयोजना गरिएको दोस्रो जिल्ला अधिवेशन खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

जसको उपाध्यक्षमा समिर गिरी, सर्मिला थापा, सचिवमा सन्तोष घर्तीमगर, सहसचिवमा निष्मा खड्का र कोषाध्यक्षमा दुर्गा पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदस्यमा तेजप्रकाश पुन, रिता आचार्य, करुणा पाण्डे, अर्जुन सेन र नविन दाहाल निर्वाचित हुनुभएको छ ।

अधिवेशन समितिका संयोजक भूप बहादुर खड्काको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख, माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ र प्रदेश समिति सदस्य कृष्ण रेग्मिको विशेष आतीथ्यता रहेको थियो । यसैगरी पार्टी भूमे गाउँपालिका समिति उपाध्यक्ष सविना बुढा, राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सदस्य करण खड्का, जनस्वास्थ्य कर्मचारी महासंघका केन्द्रिय सदस्य समिर गिरी, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय सचिव इश्वर रावल, केन्द्रिय सदस्य चित्र बहादुर विष्ट, नेपाल निजामती कर्मचारी यूनियन संघ रुकुम(पूर्व) का अध्यक्ष दशरथ ओली, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी लगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन दिनेश ओलीले गर्नुभएको थियो ।