जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले कोभिडको नयाँ स्वरुपबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी देश भारत लगाएत विभिन्न देशहरुमा कोभिड १९ को नयाँ स्वरुप पूनः बढिरहेको र नेपालमा समेत उक्र स्वरुपको संक्रमण दर बढ्दो क्रममा रहेकाले यसको जोखिम र असर रुकुम(पूर्व) मा पनि पर्न सक्ने भएकाले सबैलाई स्वास्थ्य सतर्कता अपनाउन एक सुचना जारी गर्दै आग्रह गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यद्धारा हस्ताक्षरित सुचनामा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने सार्वजनिक स्थानहरुमा मास्क र स्यानिटाइजरको प्रयोग लगाएत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।