रुकुम पुर्व: नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली (प्रतीक)ले सुन्दर समाज युवा क्लबको १५ औ वार्षिक उत्सव उदघाटन गर्नुभएको छ ।
सुन्दर समाज युवा क्लबले आफ्नो १५ औ वार्षिक उत्सवको अवसरमा भुमे ९ चुन्वाङमा विविध खेलकुद र सास्कृतिक प्रतियोगिताको आयोजना गरेको छ ।

वार्षिक उत्सवको अवसरमा आयोजना गरिएका विविध प्रतियोगिताको ओलीले आइतबार ब्यानर खोली दीप प्रज्वलन गरेर उदघाटन गर्नुभयो ।                                                                                 

प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै इन्चार्ज ओलीले सुन्दर समाज युवा क्लबले खेलप्रती युवाहरुको आशा र विश्वास जगाउने र नयाँ खेलाडीहरु उत्पादन गर्ने कामको सुरुवात गरिरहेको बताउनुभयो । यतिमात्र होइन ओलीले भन्नुभयो विभिन्न लोक सास्कृतिक प्रतियोगिताको आयोजना गरेर मौलिक कला र सस्कृति जोगाउने काम पनि सुन्दर समाजले गरेको छ ।                                       

खेल र सास्कृतिक कार्यक्रमको माध्यमबाट यो क्लब समाज रुपान्तरणको अभियानमा लागेको मैले पाए । उहाँले थप्नुभयो यो क्लब सहिदको नामसंग जोडिएको छ । फरक कोण र ढंगबाट सहिदका सपना पूरा गर्ने कार्यमा सुन्दर समाज अग्रसर भएकोमा म खुसी छु ।

क्लबको वृद्धि, विकास र स्थायित्वका लागि आफुले सकेको सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।