रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा पालिका स्तरीय कृषक संजाल गठन गरिएको छ । ओमप्रसाद कुँवरको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय कृषक समुहको संजाल गठन गरिएको छ । जसको उपाध्यक्षमा सुर्जलाख बुढा, सचिवमा विनकमार बुढा र कोषाध्यक्षमा विनसरा बुढा रहनुभएको छ ।
गाउँपालिकाको १४ वटै वडाका अगुवा कृषकहरुको उपस्थितीमा कृषक संजाल गठन गरिएको हो । गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा र यूनाईटेड मिसन टू नेपाल रुकुम पूर्व क्लष्टर, नेपाल मगर समाज सेवा तथा सुचना केन्द्र (मिक नेपाल) रुकुमकोको आयोजनामा सन्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजनाको आर्थिक सहयोगमा पालिका स्तरिय कृषक समिति संजाल गठन गरिएको हो ।
गाउँपालिका र कृषकहरुको बिचमा सहज रुपमा पालिका स्तरबाट हुने सुचना प्रवाह गर्ने र किसानहरुको समस्यालाई बिषयगत शाखामा राख्ने, कृषि तथा पशु सेवा शाखा र कृषकहरुको बिचमा पुलको काम गर्ने उद्देश्यका साथ यो संजाल गठन गरिएको मिक नेपाल रुकुमका सीड परियोजना संयोजक उत्तम बि कले बताउनु भयो
संजाल गठनपछि बसेको पहिलो बैठकले २०८० जेठ १५ भित्र पुथा उत्तरगंगा गाउँपालिका कृषि तथा पशु सेवा शाखा र मिक नेपाल रुकुमको समन्वयमा वडा स्तरिय कृषक समिति संजाल गठन गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाको कृषक समिती संजाल कार्यान्वयनका लागी कार्यबिधि निर्माण गर्न मिक नेपाल रुकुम र कृषि विकास शाखाका प्रमुख ओम प्रकाश ओलीलाई जिम्मेवारी दिने, गाउँ पालिका स्तरिय कृषक समिति संजालको दास्रो बैठक जेठको २६ गते बस्ने निर्णय गरिएको छ ।
बैठकमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शमिर गिरी, कृषि तथा पशुपंछी विकास शाखाका प्रमुख ओम प्रकाश ओली, भिम प्रकाश के सी, यू एम एन रुकुमका परियोजना व्यवस्थापक सुरज सोनार र मिक नेपालका परियोजना संयोजक उत्तम बिक को उपस्थिती रहेको थियो ।