रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ स्थित जाङ स्वास्थ्यचौकीमा ल्याब सेवा सुचारु गरिएको छ । शनिबार पुथा ८ का ५३ वर्षका सेते शाहीको ब्लड ग्रुप जाँच गरेर ल्याब सेवाको सुरुवात गरिएको हो । सडक सेवाको सुविधा नपुगेको विकट क्षेत्र जाङका नागरिकको सहजताको लागि ल्याब सेवा सुचारु गरिएको हो । यस स्वास्थ्यचौकीमा स्थापना गरिएको ल्याबबाट ८ नम्बरका मात्र नभई ७ र ९ नम्बरका बासिन्दाहरुलाई पनि सहजता ल्याएको छ ।

ल्याब सेवा नहुँदा यसअघि यहाँका नागरिकहरू चेकजाँचदेखि लिएर दिसा, पिसाब, खकार जाँच गर्न रुकुमकोट, रुकुम पश्चिमसँगै दाङ, नेपालगन्ज जानुपर्ने बाध्यतामा थिए । आफ्नै गाउँ ठाउँमा ल्याब सेवा उपलब्ध भएपछि त्यहाँका नागरिक खुसी भएका छन् । ल्याब सेवा सञ्चालनको लागि आवश्यक सामग्रीको व्यवस्थापन फेयर मेडको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य सुधार परियोजना  सञ्चालन गरिरहेको सर्वाङ्गिन विकास केन्द्र नेपालले  जाङ स्वास्थयचौकीमा ६ लाख बराबरको ल्याब र बर्थिङ सेन्टरको लागि आवश्यक सामाग्री उपलब्ध गराएको सर्वाङ्गिन विकास नेपाल रूकुम पूर्वका कार्यकारी निर्देशक लिलामणी गौतमले बताउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष अध्यक्ष पुर्णा मल्लको अध्यक्षतामा भएको ल्याब उद्धघाटन कार्यक्रममा स्वास्थय कार्यालय रुकुम(पूर्व) का प्रमुख प्रमुख नारायन प्रसाद चौधरिको प्रमुख र पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरिको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्वाङ्गिन विकास नेपालका कार्यकारी निर्देशक लिलामनी गौतम, पुथा उत्तरगंगा गाउँपालिकाका पुर्व गाउँपालिका उपाध्यक्ष ओम कुमारी शाह, प्वाङ स्वास्थ्यचौकी इन्चार्ज काशिराम ओलि, फेयरमेडका दान बहादुर कार्की लगाएतको आतिथ्यता रहेको थियो ।

रिबाङचौर स्वास्थ्य चौकी इन्चार्ज ओम प्रसाद चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन हिमाल सेनले गर्नुभएको थियो ।