रुकुम(पूर्व) मा सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम(पूर्व) ले मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने लामो दुरी र छोटो दुरीका चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

सडक दुर्घटना न्यूनिकरणको उदेश्य राखेर रुकुम(पूर्व) अस्पताल र आखा उपचार केन्द्रको सहयोगमा उनिहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रमुख सुरेन्द्र विकले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग भएर सवारी चालाउने चलक र सहचालकहरुको प्रेसर र आखाको चेकजाँच गरिएको छ । उनिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र सोहिअनुसार उपचार तथा सल्लाहसुझावले उनिहरु स्वास्थ रहेपछि यात्रा पनि सुरक्षित रहने भन्दै बेलाबेलामा ट्राफिक प्रहरी कार्यालयले यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रमुख विकका अनुसार ५१ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमा ३५ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । २२ जनामा उच्च रक्तचापको समस्या देखिएको छ भने अन्यमा आखाको समस्या देखिएको छ । उनिहरुलाई सबैलाई सरसफाई, स्वास्थ आहारविहारको लागि स्वास्थ्यकर्मीले सल्लाह सुझाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद घिमिरेले शारिरिक अस्वस्थताको कारण सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले गरेको यो कार्यको प्रशंसा गर्नुभयो । बेलाबेलामा गरिने स्वास्थ्य जाँच र स्वास्थ आहार विहारले मासिनलाई स्वास्थ रहन मदत गर्ने बताउदै प्रमुख जिल्ला अधिकारी घिमिरेले त्यसतर्फ ध्यान दिन कार्यक्रममा सहभागी चालक सहचालकहरुलाई आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेको प्रमुख उपस्थितीमा सम्पन्न सवारी चालकको स्वास्थ्य परिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक गनेश पाण्डे, यातायात व्यवसायी, सवारी चालक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।