रुकुम पूर्वः अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई उपचारका लागि विहिबार दिउसो सुर्खेत लगिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ५ हुकामकी ४० वर्षिय छाँया पुनलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

गएराति रुकुम पूर्व अस्पताल रुकुमकोटमा पुनले शिशु जन्माएकी थिइन । बच्चा जन्मेपछि रक्तश्राप सुरु भएको थियो । रक्तश्राप रोक्न राति देखि डक्टरहरुले धेरै प्रयास गर्नुभयो । रुकुम पूर्व अस्पतालका प्रमुख दिपेन्द्रराज कोइरालाले भन्नभयो सुरक्षित रुपमा बच्चा जन्मे पनि पूर्ण रुपमा रगत रोकिएन ।

जिल्लामा उहाँको उपचार सम्भव नभएपछि सुर्खेत पठाएका हौ । रक्तश्राप भएपनि उहाँ खतरामुक्त हुनुहुन्छ । कोइरालाले थप्नुभयो बच्चाको अवस्था पनि सामान्य छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत रक्तश्राव भएकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो । पुनलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।