रुकुमकोटः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्थित स्यार्पू तालमा डुबेर वेपत्ता बालिकाको शव भेटिएको छ । मंगलबार साथीहरुसंग स्यार्पू तालमा पौडी खेल्न गएकी बाँफिकोट ३ की ११ वर्षिया टीका बिक डुबेर वेपत्ता भएकी थिइन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधबार दिउँशो ३ बजेतिर बालिकाको शव फेला पारेको हो ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्लेचिमले जनाएको छ । स्यार्पू ताल माविमा कक्षा ४ मा अध्ययनरत टीका ५/६ जना साथीहरुसंग पौडी खेल्न स्यार्पू तालमा गएको प्रहरीले जनाएको छ । पौडि खेल्ने क्रममा उनी डुबेर वेपत्ता भएकी थिइन ।