रुकुम(पूर्व) मा डेंगुबाट जोगिनको लागि सरोकारवालाहरुसँग छलफल गरिएको छ । स्वास्थ्य कार्यालयले मलेरिया, डेंगु, कालाजार किटजन्य रोगहरुको बारेमा सरोकारवालासँग छलफल गरेको छ । साथै लामखुट्टेको लार्भा खोज र मार भन्ने अभियान पनि सञ्चालन गरेको छ ।
सुरुमा बिएलबी होटेलमा सरोकारवालाहरुसँग छलफल तथा समन्वयात्मक बैठक सम्पन्न गरेको स्वास्थ्य कार्यालयले पछि पर्चा पम्प्लेटसँगै र्याली निकालेको हो । समन्वयात्मक बैठकका क्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले डेंगुको परिचय, यासको विश्वव्यापी र नेपालको अवस्था, लामखुट्टेले टोक्ने समया, लामखुट्टेको वृद्धि विकास हुने स्थान, डेंगुका लक्षण, यसबाट बच्ने उपाय, उपचार पद्धती, लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्ने, रोग सराइको अवधी लगाएतको बारेमा जानकारी गराउनुभएको थियो ।
समन्वयात्मक बैठक तथा छलफलपछि बिएलबि होटेलबाट कमल दह हुँदै मारीपाखा, कैचिमोड, रुलिखोला, छिप्रीदहसम्म र्याली निकालेको थियो । र्यालिको क्रममा गाडीको टायर राखेको ठाउँमा, पानी भरेर ड्रम खुला छोडेको ठाउँमा लामखुट्टेको लार्भा हुर्कने र त्यसबाट मानिसलाई खतरा हुने कुरा नागरिकलाई जानकारी गराइएको थियो । साथै उनिहरुलाई गाडीको टायर जथाभावी रुपमा नफाल्न र पानी भरेपछि बिर्को लगाएर राख्न पनि सुझाइएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउउले, रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रसिंह कोइराला, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, सिस्ने गाउँपालिका ६ को वडाध्यक्ष पूर्णबहादुर मल्ल, ५ का वडाध्यक्ष विरेन्द्र बस्नेत लगाएतको आतीथ्यता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थय निरीक्षक श्याम चौधरीले गर्नुभएको थियो ।