रुकुम(पूर्व) मा गृहणीहरुको लागि भान्सा सुधार कार्यक्रम गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम(पूर्व) ले स्वस्थकर जिवनशैली प्रवर्धनको लागि आज एक दिने गृहणी भान्सा सुधार कार्यक्रम गरेको हो । भान्सामा खाना पकाउने व्यक्ति र घरको काम गर्ने व्यक्तिलाई गृहणी भनिन्छ । भान्सामा काम गर्ने गृहणीको दायित्व सिंगो परिवारसँग जोडिएको हुन्छ ।
कार्यक्रममा सिस्ने गाउँपालिकाका गृहणीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यले गृहणीले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । गृहणीमा सरसफाई शिक्षाको ज्ञान र घर परिवारको वातावरण सफा राख्ने कुराको सचेतना बढाउन सकेको खण्डमा विभिन्न महामारीजन्य संक्रमक रोग न नसर्ने रोगहरुबाट बच्न सकिन्छ । यस कारण यो कार्यक्तमको आयोजना गरिएको आचार्यले बताउनुभयो ।
कार्यक्रममा गृहणीलाई भान्सामा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, भान्सामा खाना पकाउदा चाहिने कुराहरु, भान्सामा सफाई गर्ने कुराहरु, आफु र परिवारका व्यक्तिको सरसफाई कुरा, सफा पिउने पानी लगाएको बारेमा जानकारी गराइएको छ । कार्यक्रममा सहभागी गृहणीहरुले यो कार्यक्रम आफुहरुको लागि निकै प्रभावकारी रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले तालिममा सिककेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभएको छ । भान्सा सफा भयो भने र गृहणी शिक्षित भएमा मात्र हाम्रो खानपान राम्रो हुने अध्यक्ष रेग्मिले बताउनुभयो । खानपान राम्रो भयो भने व्यक्ति स्वस्थ हुने र यसबाट सम्मुन्नत समाज निर्माण गर्न सकिने भनाई उहाँको थियो ।
कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रमको संचालन आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम(पूर्व) का कार्यालय प्रमुख विष्णुहरी आचार्यले गर्नुभएको थियो ।