रुकुमकोटः सिस्ने गाउँपालिका रुकुम पूर्वले यस वर्ष पनि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गएको आर्थिक वर्षमा गाउँपालिका भित्रका एक सय बढी युवालाई निशुल्क लोकसेवा पढाएको गाउँपालिकाले उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

युवा पुस्तालाई लोकसेवाप्रति आर्कषण गर्न यो वर्ष पनि तयारी कक्षा सञ्चालन गर्न लागिएको पालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । लोकसेवाले लिने विभिन्न परिक्षामा पालिका भित्रका जनशक्तिको सहभागि होस् भन्ने होम्रो अपेक्षा छ अध्यक्ष रेग्मीले भन्नुभयो सिस्नेका युवालाई लोकसेवा भिडाउन । लोकसेवाको लडाई जित्ने बनाउन । यस वर्ष पनि तयारी कक्षा सुरु गर्ने तयारी गरेका छौ ।

विश्वका विभिन्न देशमा भविश्य देखिरहेका नयाँ पुस्तालाई लोकसेवा र शिक्षक सेवा आयोगमा भविष्य देखाउन लोकसेवा पढाउने तयारी गरिएको छ । युवायुवतीलाई सरकारी जागिरे बनाउन आयोग पढाउने तयारी गरिएको उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । सुन्दर भविष्य लोकसेवामा छ । लोकसेवा पढनुपर्छ । रेउलेले भन्नुभयो प्रतिष्पर्धा गर्नुपर्छ, भन्ने भावनाको विकास गर्न तयारी कक्षा सुरु गर्न लागिएको छ ।शुक्रबार एक सूचना जारी गरि गाउँपालिकाले यस विषयमा जानकारी गराएको छ ।

चालु आर्थिक वर्ष २०८०।०८१ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम बमोजिम लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा स्थायी बसोबास भएका कम्तिमा एस एलसी/एसईई उत्तिर्ण गरेका र १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन ।

आवदेन दिदा व्यक्तिगत निवेदनको साथमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ । लोकसेवा पढने इच्छुकले श्रावन समान्तसम्म आवेदन दिन सक्ने छन् । यसअघि गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा आयोग पूर्व तयारी कक्षामा सहभागि भएकाहरुलाई विशेष प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ ।

आवेदन संकलन पश्चात आगामि भदौबाट तयारी कक्षा सुरु गर्ने गाउँपालिकाले तयारी गरेको छ । अन्य जिल्लाको तुलनामा रुकुम पूर्वका नागरिकहरु लोक सेवामा न्युन मात्रामा प्रतिस्पर्धा गर्ने गरेका छन ।