रुकुमकोट: रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा चोयाका डोका राखिएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र छिप्रीदह, चोकबजार र कमलदह बजार क्षेत्रमा चोयाका डोका राखिएको छ ।

बजारका विभिन्न स्थाननमा २० डोका देख्न सकिन्छ । डस्टबिनको रुपमा प्रयोग गरिएको डोको संरक्षण गर्न फलामको स्ट्यान बनाइएको छ । स्ट्यानभित्र चोयाको डोको राखिएको छ । चोयाको डोकोमा फोहोर मलाई लेखिएको स्टिकर पनि राखिएको छ ।         

रुकुमकोट उद्योग वाणिज्य संघले फोहोर व्यवस्थापन गर्न बजारमा चोयाका डोका राखेको हो । रुकुमकोट बजारलाई फोहोर मुक्त बनाउनुका साथै बजारबाट निस्केका फोरलाई व्यवस्थित गर्न डोका राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले जानकारी दिनुभयो ।

बजार क्षेत्रलाई सफा गर्ने अभियानमा उद्योग वाणिज्य संघ लागेको छ । फोहर मुक्त रुकुम पुर्ब बनाउने ध्येयका साथ हामीले अभियान सुरु गरेका छौ । उहाँले भन्नुभयो पहिलो चरणमा रुकुमकोटका मुख्य बजार भित्र २० वटा डोका डस्टबिनको रूपमा राखेका छौ । यो अभियानलाई जिल्लाका अन्य बजार क्षेत्रमा पनि क्रमिक रूपमा बिस्तार गर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

बजार सफा मात्र नभई स्थानीय सीपकलालाई पनि प्रबर्द्धन गर्ने उदेश्यले चोयाका डोका राखिएको उहाँले बताउनुभयो ।
डोकोमा संकलन भएको फोहोरलाई ब्यवस्थापन गर्न सजिलो हुने भएकाले पनि बजारको फोहोर संकलन गर्न चोयाको डोको छनोट गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

अबदेखि प्लास्टिकका टुक्रा, पानीका खाली बतल, फलफूलका बोक्रा लगायतका फोहोर अनिवार्य डोकोमा राख्न उद्योग वाणिज्य संघले सबैमा अनुरोध गरेको छ ।

फोटोमा हेर्नुस्