रुकुम(पूर्व) को प्रमुख पर्यटकिय स्थल कमल दहबाट पोटार हटाइएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको दहमा उम्रिएको पोटार हटाइएको हो । सिस्ने गाउँपालिका, स्थानीय प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय सरोकारवालाको सक्रियातामा महिनादिन लगाएर पोटार हटाउने काम गरिएको हो ।

दुई तिन साता अघिदेखी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उखेलेको पटारलाई आज शनिबार दह बाहिर निकालिएको हो । जिल्लास्थित सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी, सिस्ने शिक्षा क्याम्पसका विद्यार्थी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, उद्योग बाणिज्य संघको उपस्थितीमा दहबाट पोटार निकाल्ने काम गरिएको हो ।

 

पोटारले तालमा प्रत्यक्ष असर पारेकाले यहाँका सरोकारवालाहरुको समन्वय र सहयोगमा पोटार हटाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।

सिस्ने गाउँपालिका ५ निवासी समाजसेवी एमव् दह सरसफाइका अभियान्ता केशवचन्द समालले दहमा विगत केहि वर्ष पहिलेदेखि नै छेउछाउमा बोजो जस्तो देखिने पोटार भएको बताउनुभयो । पछिल्लो समय त्यहि पोटार दहको सबै क्षेत्रतीर फैलिदै जादा दहको रुप नै कुरुप बन्दै गएको उहाँले बताउनुभयो । सबैको सहयोगमा दहमा रहेको पोटार निकालेपछि दहको सुन्दरता थपिएको उहाँको भनाई छ ।

 

दहमा पटार फैलिदै जान थालेपछि नागरिकहरु दह सुक्छ की भन्ने पिरमा थिए । दहमा रहेको पोटार हटाएपछि स्थानीयहरु पनि खुसी भएका छन् । पछिल्ला केही वर्षयता दहमा पानीको सतह पनि घट््दै जान थालेको छ । यतिबेला भने दह कमलले गर्दा हरियाली र फूलहरुले गर्दा निकै मनमोहक छ ।