नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान रुकुम पुर्वमा सुरु भएको छ । आजबाट देशव्यापी रुपमा सुरु भएको यो अभियान जिल्लाको विभिन्न वडाहरुबाट पनि सुरुआत गरिएको छ । घरघरमा माओवादी, जनजनमा माओवादी, जनतासँग माओवादी भन्ने नाराका साथ सुरु भएको यो अभियान तीन महिनासम्म निरन्तर रुपमा चल्ने छ ।
रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडाको अभियान कार्यक्रमको उद्घाटन सिस्ने गाउँपालिकाको सभाहलमा माओवादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यको प्रमुख उपस्थितिमा भएको हो । खाबाङमा लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अभियानको उद्घाटन गर्नुभयो । सिस्ने ३ मा केन्द्रिय सदस्य कमला रोका, सुबोधराज शेर्पाली, महतमा दलजित शेर्पाली, मेघबहादुर श्रेष्ठ, पुथाउत्तरगंगा गाउँपालिकामा केन्द्रिय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज राजबहादुर बुढाको प्रमुख उपस्थितीमा अभियानको सुरुआत गरिएको हो ।
अन्य ठाउँमा पनि वडावडाबाट अभियानको सुरुआत गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पुर्वले जानकारी दिएको छ । सबै वडाबाट आजकै दिनमा अभियान सुरु गर्न नसकेपनी २५ गतेभित्र सबै ठाउँबाट अभियानको शुरुआत गरिसकिने छ । औपचारिक रुपमा आज रुपान्तरण अभियानको उद्घाटन गरिएकोमा अबको तीन महिनासम्म विभिन्न कार्यक्रमहरु संचालन गरिने छन् ।
जस अन्तर्गत नेकपा माओवादी सिस्ने गाउँपालिका समितिको बैठक भदौ १७ गते, भुमे गाउँपालिकाको १८ गते र पुथा उत्तगंगा गाउपालिका समितिको बैठक १९ गते बस्ने छ । अभियान सफल पार्न केन्द्रिय सदस्यहरुलाई कार्यविभाजन गरि पालिका तथा वडावडामा पठाइएको छ । जस अन्तर्गत रुकुम पुर्वमा अभियान संयोजक कमला रोकालाई तोकेको छ भने केन्द्रिय सदस्यहरू राजबहादुर बुढा, विनोद पहाडी, मेघ बहादुर श्रेष्ठ, कालिबहादुर मगर, र लुम्बिनी प्रदेशका उपाध्यक्ष वीर बहादुर खत्रीलाई खटाएको छ ।
सिस्ने गाउँपालिकामा प्रदेश सदस्यहरु कृष्ण रेग्मी, जयविर घर्ती, संगम रोका, गजेन्द्र ओलि, महेन्द्र बुढा, ओम कुमारी मल्लले अभियानलाई अघि बढाउनुहुने छ । भुमे गाउँपालिकामा होम प्रकाश श्रेष्ठ, धनमान पुन, जिताराम कामी, निम कुमारी पुन, मन कुमारी विष्ट र पुथा उत्तरगंगा गाउँपालिकामा पुनिराज घर्ती, कुमारी बराल, तिर्था पुन, लाल बहादुर विष्टले अभियान संचालनलाई अघि बढाउनुहुने छ ।
पार्टी रुपान्तरण अभियानको क्रममा पार्टीको पालिका, वडाको बैठकसँगै जानवर्गिय संगठनहरुको बैठक, प्रशिक्षण, संगठन विस्तार, सदस्यता नविकरण, सुद्धिकरण जस्ता कार्यलाई जोड दिने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो । यस्तै जनतासँग जोडिएर उनिहरुलाई सल्लाह सुझावलाई संकलन गर्ने र उनिहरुको समस्यालाई एकिकृत गरेर नयाँ रणनितीका साथ अघि बढ्ने गरी अभियानलाई संचालन गर्ने बताइएको छ ।