
रुकुम(पूर्व) मा फेयर मेड(FAIR MED) फाउन्डेसन नेपालको आर्थिक प्राविधिक सहयोगमा सर्वाङ्गिण विकास केन्द्र (HDC NEPAL) ले संचालन गरेका र आगामी दिनमा गर्ने कार्यहरुको बारेमा जानकारी गराइएको छ । आज पत्रकार सम्मेलन गरेर केन्द्रले जिल्लामा ग्रामिन स्वास्थ्य सुधार परियोजना मार्फत हालसम्म संचालन गरेका र आगामी दिनमा संचालन गर्ने गतिविधिको बारेमा जानकारी गराएको हो ।
रुकुम (पूर्व) मा सन २०२२ देखी सुरु भएको यो परियोजनाको कार्यावधि २०२५ फेब्रअरीसम्म रहेको छ । यस परियोजनाले जिल्लामा उपेक्षित उष्ण प्रदेशिय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य र अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ । रुकुम(पूर्व) र बागलुङ्मा संचालित यस परियोजनाले सिमान्तकृत समुदाय(महिला, नवजात शिशु र अन्य धेरै रोग जोखिममा रहेका व्यक्ति) को स्वास्थ्य स्थितीमा सुधार ल्याउने लक्ष राखेको छ ।
सोहिअनुसार परियोजनाले स्वास्थ्य सेवाहरुको पहुँच र गुणस्तर सुधार ल्याउनुको साथै सामुदायिक स्वामित्व प्रवर्धन, चेतना अभिवृद्धि र सामुदायिक सशक्तिकरण लगाएतका कामहरुको गरिरहेको सर्वाङ्गिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा फेयरमेड नेपालका विज्ञ सन्दिप घिमिरेले फेयरमेडको बारेमा र सर्वाङ्गिण विकास केन्द्रद्धारा संचालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले गरेका र भावि दिनमा संचलन गर्ने गतिविधिको बारेमा फिल्ड अधिकृत माधव धामीले जानकारी गराउनुभएको थियो ।
परियोजनाको फिल्ड अधिकृत धामीका अनुसार जिल्लाको तिन वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा आवश्यकताअनुसार उपकरण, सुत्केरी कुरुवा भान्छा घरको निर्माण, ल्याब सेवा संचालनमा सहयोग, बर्थिङ्ग सेन्टरमा उपकरण सहयोग गरिएको छ ।
जस अन्तर्गत सिस्ने स्वास्थ्यचौकीमा बेबी वार्मर मेसिन, सुत्केरी कुरुवा भान्छा घरमा आवश्यक सामाग्री, मर्मत्मा सहयोग, पालिकासँगको साझेदारीमा सोलान प्यानल सहयोग गरेको छ ।
यस्तै प्वाङ स्वास्थ्यचौकी र पुछारमा पिएचसी÷ओआरसी भवन निर्माणमा साझेदारी, दादीङमा पालिकासँगको सहकार्यमा पिएचसी÷ओआरसी भवन निर्माण, मैकोट स्वास्थ्यचौकी, काँडा स्वास्थ्यचौकीमा बेबी वार्मर मेसिन र सुत्केरी कुरुवा भान्छा घरमा सामाग्री सहयोग गरिएको परियोजनाका फिल्ड अधिकृत माधव धामीले जानकारी गराउनुभयो ।
यस्तै तकसेरा स्वास्थ्यचौकीमा आरयुएसजी मेसिन, सुत्केरी कुरुवा भान्छा घर निर्माण पालिकासँगको साझेदारीमा, ल्याब सेवा संचालन गर्न आवश्यक सामाग्री सहयोग, पोखरा स्वास्थ्यचौकीमा सुत्केरी कुरुवा भान्छा घर, बेबी वार्मर मेसिन, आरयुएसजी मेसिन सहयोग गरिएको छ ।
मोराबाङ्ग स्वास्थ्यचौकी र महत स्वास्थ्यचौकीमा सुत्केरी कुरुवा भान्छा घर निर्माणमा सहयोग गरिएको फिल्ड अधिकृत धामीले कार्यक्रममा जानकारी गराउनुभएको छ ।
यसैगरी जाङ्ग स्वास्थ्यचौकीमा ल्याब सेवा संचालन, घुन्वांग र काँक्रि स्वास्थ्यचौकीमा माइक्रोस्कोप सहयोग गरिएको छ भने हुकाम स्वास्थ्यचौकीमा ल्याब सेवा निर्माण र बेबी वार्मर मेसिन सहयोग गरिएको छ । परियोजानले कर्मचारी र जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि गर्ने खालका तालिमहरु संचालन गरेको छ ।
अपागंता भएका क्षेत्रमा अपांगता शिविर, फरक क्षमता भएका व्यक्तिहरुको पहिचान, वैशाखि, ह्विल चियर, स्ट्रेचर वितरण र अपागंता भएका व्यक्तिलाई उपचार गर्न आउदा र जादाको भाडामा सहयोग गरेको जानकारी गराइएको छ ।
भावि कार्यक्रमको बारेमा पनि जानकारी गराउदै फिल्ड अधिकृत धामीले विभिन्न क्षमता अभिवृद्धि सम्बन्धिका तालिम संचालन गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गर्ने, अन्य जनचेतनामुलक क्रियाकलाप गर्ने, सुत्केरी कुरुवा भान्छा घरमा सहयोग गर्ने लगाएतका योजनाहरु रहेको जानकारी गराइएको छ । संस्थामा परियोजना संचलनको लागि २०२३ मा ९५ लाख ८६ हजार ९ सय २८ रुपैयाँ रहेको छ ।
सर्वाङ्गिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले जिल्लामा परियोजना लागु हुनुपूर्व र लागु भइसकेपछि स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन आएको बताउनुभएको छ ।
यस संस्थाले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेको बताउदै गैर सरकारी संस्थाले सरकारको काममा इट्टा थप्ने काम गरेको कार्यकारी निर्देशक गौतमले बताउनुभयो ।
यस्तै फेयरमेड नेपालका अनुगमन विज्ञ सन्दिप घिमिरेले सरकारले बनाएको नीति र विधिमिा रहेर काम गरिरहेको बताउनुभएको छ ।
सर्वाङ्गिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फेयर मेड फाउन्डेसन नेपालका अनुगमन विज्ञ सन्दिप घिमिरे, फेयर मेड फाउन्डेसन नेपालका दानबहादुर कार्कीसँगै जिल्लास्थित पत्रकार तथा संचरकर्मीहरुको उपस्थिती रहेको थियो । फेयरमेड कार्यक्रमको संचालन ग्रामिन स्वास्थ्य सुधार परियोजनाका फिल्ड अधिकृत माधव धामीले गर्नुभएको थियो ।