नेकपा माओवादि केन्द्रले देशैभरि सञ्चालन गरेको जनतासंग माओवादि विशेष रुपान्तरण अभियान अन्तर्गत आज रुकुमपूर्वको उपल्लो क्षेत्र मैकोटमा मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम सहित घर फर्क अभियान सम्पन्न भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउपालिका १ मैकोटमा आइतबार भेला प्रशिक्षण भएको थियो ।

त्यसै अनुरुप आज आम भेलाबाट जनताहरुलाइ अभियानबारे प्रशिक्षित गर्दै यस क्षेत्रबाट निर्वाचित र समानुपातिक सांसदहरुले मतदातालाइ धन्यवाद दिएका थिए । आज घर फर्क अभियान अन्तर्गत पूर्व माओवादिहरु पछिल्लो समय एमाले र काग्रेसमा संगठित भएको हुदा पुनः माओवादिमै प्रवेश गरेका छन । जस अन्तर्गत नेकपा एमालेका जिल्ला सदस्य दलमान पुन सहित खलकमान पुन, मंगल पुन, तेजेन्द्र घर्ती, मिलन पुन, हासिमान पुन, कर्मराज पुनले एमालेबाट आफ्नै पुरानो घर फर्किएका छौ भन्दै माओवादि केन्द्रमा प्रवेश गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका पुथाउत्तरगंगा गाउँपालिका सचिव नरेश पुन सहित वोग्योमान पुनले पनि पार्टी प्रवेश गर्नुभएको हो । उहाँ पनि पूर्व माओवादि नै भएको जनाइएको छ । नवप्रवेशिहरुले प्रवेश गर्दै आफ्ना प्रतिवद्धताहरु राखेका थिए । नवप्रवेशिहरुले बढ्दो बेरोजगारिका कारण बैदेशिक पलायनबाट रोक्न उत्पादन सहितको रोजगारिका लागि माओवादिको स्पष्ट भिजन हुनुपर्ने माग राखेका छन ।

प्रसिक्षणात्मक मन्तव्य राख्दै स्थायी कमिटी सदस्य पूर्वमन्त्री कमला रोका (क्रान्ति) ले नवप्रवेशिहरुलाई बधाई तथा धन्यवाद दिदै हिजोका सहयोद्धाहरुलाई एकता संघर्ष रुपान्तरणबाटै संगै समाजवादी क्रान्ति लागि सबै लामबद्द हुने र समाजवादको लडाइँमा शान्तिपूर्ण ढंगले अझै धेरै मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । उहाले समाजवादको आधार तयार गर्न स्थानीय श्रोत साधनको पहिचान खोजि र सम्भाव्यता अध्यनका लागि माओवादिसंग स्पष्ट भिजन भएको बताउनुभएको हो । उहाका अनुसार हामी दुर्गम क्षेत्रमा बसेका छौ भनी निरास हुनुनपर्ने बताउनुभएको छ । यस क्षेत्र भनेको रणनैतिक महत्त्वको ठाउँ भएको स्पष्ट पार्नुभएको हो ।

यस्तै माओवादि केन्द्र जिल्ला संयोजक कुमारि बराल गौतमले परिवर्तनको आधार इलाका बनाइ ऐतिहासिक विरासत कायम गरेको मैकोटलाई माओवादि बाहेकका दल रोज्न कसैलाई छुट नभएको बताउनुभयो । आफु २० बर्षपछि पुनः मैकोटमा आएको स्मरण गर्दै मैकोटलाई ऐतिहासिक गाउँ बनाउन कोहि नछुट्न आह्वान गर्नुभएको हो ।

आज मैकोटमा आम भेला गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुन (अजयशक्ति) र दिलकुमारि बुढाले आफुहरुलाई अमुल्य मत दिएर विजयी गराउने मतदाता लगाएत सम्पूर्ण पार्टी कार्यकर्ताहरु धन्यवाद दिदै बिकास निर्माणका गतिविधिहरुको जानकारी गराउनुभएको थियो । माओवादिका स्थानीय, प्रदेश र केन्द्रीय स्तरका नेताहरुले प्रशिक्षण राखेका थिए ।

आजको आम भेलामा नेकपा माओवादि केन्द्र स्थायी कमिटी सदस्य एवम् अभियान इन्चार्ज पूर्वमन्त्री कमला रोका क्रान्तिको कमान्डमा खटेका अभियान टोलिहरु जिल्ला संयोजक कुमारि बराल गौतम विपना, लुम्बिनी प्रदेश सदस्य तथा पालिका अध्यक्ष पुनिराज घर्ती रामेश, लुम्बिनी प्रदेश सदस्य तथा सांसद सुरुल पुन (अजयशक्ती), प्रदेश सल्लाहकार जमराज पुन (योद्दा), पुथाउत्तरगंगा गाउकमिटप अध्यक्ष हर्कबहादुर कामी (जुझारु), पालिका कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिलकुमारि बुढा सहित स्थानीय नेता पार्टी कार्यकर्ता वाइसीएलहरुको टोलि अभियानमा खटेको छ ।