नेकपा माओवादी केन्द्र रुकुमपूर्व भूमे गाउँ समितिको तीन महिने अभियान सञ्चालन कार्यक्रमको समीक्षा गरेको छ । आज मंगलबार भूमे २ खाबाङ बगरमा माओवादी केन्द्र भूमे गाउँ समितिको तीन महिने अभियान कार्यक्रमको समीक्षा गरेको हो ।
पार्टीले लिएको जनतासँग माओवादी रुपान्तरण अभियानमा पार्टी सदस्य इमान्दारता साथ लाग्न नेताकार्यकर्तालाई केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । माओवादीका नेताकार्यकर्ताले उदाहरणीय काम देखाउँदै जनताका हितका निम्ति लाग्न श्रेष्ठले गाउँ समितिलाई आग्रह गर्नु भएको छ ।
सामूहिक उत्पादनको पेशामा लागि पार्टी अघि बढ्नु पर्ने केन्द्रीय सदस्य रामसुर बुढामगरले बताउनुभयो । सामूहित कृषि उत्पादनको सुरुवाति पार्टीका जिम्मेवारी नेताकार्यकर्ताबाट कार्यन्वय गर्दै जानु पर्ने बुढामगरले बताउनुभयो । अबको पार्टीको नीति सामूहिक उत्पादनमा लागि समाजवादको यात्रामा लाग्नु पर्ने केन्द्रीय सदस्य बुढामगरको भनाइ रहेको थियो ।
पार्टी र गाउँपालिका बीच अन्तरक्रिया मार्फत जनताका काममा लाग्नु पर्ने प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । त्यसअनुसार गाउँपालिकाले सर्वपक्षीय, सर्वदलियको छलफलबाट काम सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । तीन महिने अभियान सञ्चालन भइरहेको समयमा विभिन्न जिल्लाहरुमा जनताको लहर माओवादीमै भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल सरकारले गरिराखेको काम प्रतिको जनता सन्तुष्ट हुँदै जनता माओवादी प्रति आकर्षित भइरहेको उहाँको भनाइ रहेको थियो ।
पार्टीले अन्तरविरोधलाई हल गर्दै युवा विदेश पलायन रोक्ने योजना, विपन्न घर परिवारका स्तर उकास्ने योजना बनाइ लाग्नु पर्ने प्रदेश सदस्य लालबहादुर विष्टले बताउनुभयो । पार्टी भित्रको अन्तरविरोधको कारणले अन्य पार्टीले अवसर पाइराखेको विष्टले बताउनुभयो । त्यसकारण अभियान तथा पार्टीका कामकाजमा गम्भीर योजना बनाइ लाग्नु पर्ने बताउनुभयो ।
जनतासँग माओवादी केन्द्र रुपान्तरण तीन महिने अभियान सञ्चालन गरिएको हाल सम्मको अवस्थाबारे वडागत रुपमा रिपोर्टिङ राखेका थिए । माओवादी केन्द्र भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको रहेको थियो भने केन्द्रीय सदस्य रामसुर बुढा मगरको विशेष आतिथ्यता रहेकोमा अन्य अतिथिमा प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, प्रदेश सचिवालय सदस्य जिताराम कामी, प्रदेश सदस्य लालबहादुर विष्ट, प्रदेश सल्लाहकार सदस्य देवबहादुर बुढाको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन गाउँ समितिका सह सचिव ओमकुमारी रानाले गर्नु भएको थियो ।