रुकुम(पूर्व) मा पनि ६८ औ प्रहरी दिवस २०८० मनाइएको छ । विविध कार्यक्रम गरी जिल्लामा प्रहरी दिवस मनाइएको हो ।
प्रहरी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरिएको छ । यसैगरी दिवसको अवसर पारेर अमर प्रहरी परिवार, प्रहरी कार्यमा सहयोग पसर्याउने व्यक्ति र शैक्षिक संस्थालाई कदरपत्रद्धारा सम्मान गरिएको छ ।
निवन्ध र चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पनि दिवसको अवसर पारेर पमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ । विभिन्न विधामा संचालन गरिएको खेलकुद प्रतियोगिता कार्यक्रमका विजयी र कार्य सम्पादनमा उत्कृष्ट भएका प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद व्यवस्थापन लगाएतको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रहरी संगठनको छवि सधै उच्च रहदै आएको बताउदै उहाँले आगामी दिनमा पनि यो छवीलाई बर्कराइराख्न आग्रह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले नेपाल प्रहरी बर्दीसहितका प्रहरी र नागरिक बिना दर्बीका प्रहरी भएको बताउनुभएको छ । प्रहरी एक्लैले चाहेर पनि केहि गर्न नसकिने र नागरिक एक्लैले पनि केहि गर्न नसक्ने हुँदा सबैको सहयोग, साझेदारीमा काम गर्न सहज र परिणाममुखी पनि हुने भएकाले आम नागरिकलाई उहाँले प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आजभन्दा ६८ वर्षअघि नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिन थियो । सोही दिनलाई नेपालका प्रहरीले आफ्नो गठन भएको दिनका रुपमा मनाउँदै आएको छ । नेपाल प्रहरीले औपचारिक रुपमा वि.स. २०१२ मा ऐनमा लालमोहर लागेको दिनलाई आप्mनो वर्षगाँठको रुपमा मनाएको छ । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६८ वर्ष पुगेको हो । प्रहरी दिवसमा देशभरका प्रहरी युनिटहरुमा विभिन्न कार्यक्रमका साथै प्रतियोगितात्मक क्रियाकलाप हुने गरेको छ ।
प्रहरी दिवसमा हरेक प्रहरी युनिटहरुमा विशेष कार्यक्रम गरेर मनाइने गरिएको छ । यसै अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछ ।
यस दिवसलाई नेपाल प्रहरीले नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने, पूर्व प्रहरी अधिकृत र जवानहरुले विगतमा पु¥याएको योगदानको सम्मान गर्ने, उनीहरुले देखाएको सकारात्मक मार्ग निर्देशनमा अगाडि बढ्ने अठोट गर्ने पनि दिनका रुपमा लिइने गरिन्छ ।
‘कुनै मानिसले बर्थ डे मनाए जस्तै हो, आजको दिन, प्रहरी संगठनको बर्थ डे हो आज, त्यसैले संगठनभित्रका दुःख सुखहरु शेयर गर्ने दिनका रुपमा मानिन्छ । त्यसैले यसमा संगठनभित्र वियोग सहेकालाई सान्त्वना दिने र असल काम गरेकालाई पुरस्कृत गर्ने दिनका रुपमा मानिन्छ ।’
प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, हरेक प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा व्याख्या गर्छन् ।