एम.पि.सी मिडिया प्रा.लि.द्वारा सञ्चालित कखरा डट कम आज देखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७७ साल आजकै दिन देखि कखराको प्रकाशन सुरु भएको थियो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा मुख्य कार्यालय रहेको कखराले विशेष गरी स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । सामाजिक, आर्थिक, राजनीतिक, खेलकुद लगायतका विषय कखराले विशेष महत्वका साथ उठाइरहेको छ । कखराले भिडिओ सामग्रीहरू पनि पस्किरहेको छ ।

तेस्रो वार्षिकोत्सवको अवसरमा एम.पि.सी मिडिया प्रा.लि.ले सम्पूर्ण विज्ञापनदाता, कखरामा कार्यरत पत्रकार, सम्पूर्ण पाठक वृन्द, सहयोगी, शुभेच्छुक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । साथै पत्रकारिताको मर्मलाई मर्न नदिने प्रतिबद्धता जनाएको छ । केही मिडिया र पत्रकारका कारण सिङ्गो पत्रकारिता क्षेत्र माथि नै प्रश्न उठिरहेको भन्दै प्रा.लि.का अध्यक्ष धनबहादुर खड्काले पत्रकारिताको मर्म मर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । हरेक क्षेत्रमा निगरानी बढाइरहेको र अबका दिनमा समेत त्यसलाई बढाउँदै लैजाने तेस्रो वार्षिकोत्सवको अवसरमा जारी प्रकाशकीयमा उल्लेख छ ।

त्यस्तै एम.पि.सी मिडिया प्रा.लि.ले नेपालीहरूका महान् चाड वडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना समेत व्यक्त गरेको छ ।