शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको हो ।
उपप्रमुख शाहीले भनिन्, ‘ठुलै मानवीय क्षति भएको छ,’उनले रातोपाटीसँग भनिन्,‘ थुप्रै घाइतेहरूलाई अस्पतालमा लाने काम भइरहेको छ ।’ प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।