रुकुम(पूर्व) मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कात्र्तिक ३० गतेको दिन साझ ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा सिस्ने गाउँपालिका ६ निवासी १८÷२० वर्षकी सुभानी गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । सुभानीको उपचारको क्रममा रुकुम(पूर्व) अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक सिस्ने ६ कै २०÷२१ वर्षका सुभोचन रेउले घाइते हुनुभएको प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार साझको समयमा कैचिमोडबाट बजारतर्फ जाने क्रममा रा ५ प ६६४८ नम्बरको मोटरसाइकल छिप्रिदह बजारस्थित एनआइसी एसिया बैंङकको अगाडी अनियन्त्रित भइ पल्टिएर नालामा गएको थियो ।
सुभानीको शवलाई रुकुम(पूर्व) अस्पतालमै राखिएको छ । घाइते रेउलेको भने कास्कि पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।