
रुकुम (पूर्व)मा निःशुल्क मानसिक स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको १० नम्बर वडा तकमा यहि मंसिरको ११ र १२ गते निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
यूनाइटेड मिसन टु नेपाल र जनजागरण मञ्च नेपाल रुकुम(पूर्व) को आर्थिक तथा प्राविधिक सहयोग, स्वास्थ्य कार्यालयसँगै भूमे र सिस्ने गाउँपालिकाको समन्वय र पुथा उत्तरगंगा गाउँपालिकाको आयोजनामा तकमा निःशुल्क मानसिक स्वास्थ्य शिविर संचालन हुने भएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा दिइने छ । शिविरमा तीन वटै गाउँपालिकाका मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको उपचार तथा चेकजाँच गरिने छ । शिविरमा मानसिक स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श सेवा र निशुल्क औषधी वितरण गरिने छ ।
शिविरमा सहभागी भएर सेवा लिन जिल्लाबासीलाई आग्रह गरिएको छ ।