रुकुम पूर्वमा बृहत कृषि प्रदर्शनी मेला लागेको छ । यहि पुसको १५ र १६ गते जिल्ला सदरमुकाम रुकुमकोटमा जिल्लास्तरीय बृहत कृषि प्रदर्शनी मेला २०८० लागेको हो । “कृषि पर्यटन उद्योगमा विस्तार‚ समृद्ध रुकुम पूर्वको मुल आधार” भन्ने नाराका साथ कृषि प्रदर्शनी मेला संचालन गरिएको थियो ।

 

सिस्ने गाउँपालिका‚ एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय‚ घरेलु तथा साना उद्योग कार्यालय‚ हरेड कार्स नेपाल‚ यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व क्लस्टर र मिक नेपालको संयुक्त आयोजनामा जिल्लामा बृहत कृषि प्रदर्शनी मेला सम्पन्न भएको हो ।

मेलामा जिल्ला स्थित किसनहरुले आफूले उत्पादन गरेका कृषि उपजहरु ल्याएर प्रदर्शन गरेका थिए । फलफूल खेती देखि लिएर खाद्यान्न‚ तेलहन‚ दलहन‚ तरकारी‚ नगदे बाली‚ मसला बाली‚ मौरी‚ माछा‚ पशुपन्छी‚ अल्लोबाट बनेका सामाग्री र फलामबाट बनेका औजारहरुको मेलामा प्रदर्शनी गरिएको थियो ।

मेलाको लुम्बिनी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिवन काटेर उद्धघाटन तथा अवलोकन गर्नुभएको थियो । कृषि मेलाको सयौको संख्याले अवलोकन गरेका थिए ।

 

मेलामा प्रदर्शनको लागि ७ सय ७५ भन्दा बढी किसानले नाम दर्ता गरेर आफुले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शन गरेका थिए । त्यसमध्येमा मुल्याङ्कनको आधारमा १ सय २३ जना उत्कृष्ट किसानलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

लुम्बिनी प्रदेशको एक मात्र प्रङगारिक जिल्लाको रुपमा रहेको रुकुम पूर्वमा उत्पादन भएका कृषि उपजहरुलाई प्रदर्शन गर्ने‚ उत्पादनलाई बढवा दिने तथा लगनशिल किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ कृषि मेलाको आयोजना गर्ने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभएको  छ । कृषि प्रदर्शनी मेला जिल्लामा प्रत्येक वर्ष लाग्दै आएको छ ।