रुकुम पुर्वमा सञ्चालन भएको १५ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डको उपाधी भुमे गाउँपालिकाले जितेको छ । २६ गतेबाट भुमे गाउँपालिका ६ महत स्थित रंगशालामा सञ्चालन भएको जिल्लास्तरीय शिल्डमा १२ स्वर्ण हात पार्दै भुमेले शिल्ड जितेको हो । उसले ७ रजत र ८ काश्य पदक गरि २७ पदक हात पारेको हो ।

यसैगरी सिस्ने गाउँपालिकाले १० स्वर्ण हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । सिस्नेले ११ रजत र ८ कास्य गरि २९ पदक हात पारेको छ । पुथाउत्तरगंगा गाउँपालिकाले ६ स्वर्ण हात पार्दै तेस्रो स्थान हासिल गरेको छ । पुथा उत्तरगंगा गाउँपालिकाले ९ रजत र १० कास्य गरि २६ पदक हात पारेको छ ।

यसअघि तीन वटै पालिकामा पालिकास्तरिय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न गरेर त्यहाबाट छनोट भएका खेलाडी जिल्लास्तरीय शिल्डमा सहभागी भएका थिए । गत साल जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन भएको थियो । आगामी वर्षको जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड सिस्ने गाउँपालिका संचालन हुने छ । सोही अनुरुप आजको पुरस्कार वितरण तथा समापन कार्यक्रममा सिस्ने गाउँपालिकालाई झण्डा हस्तान्त्रण गरिएको छ ।